अमेरिकामा अब गाँजा सेवन गर्ने र बोकेर हिड्ने व्यक्ति पनि नागरिकताका लागि अयोग्य
प्रकाशित मिति : बैशाख ६, २०७६ शुक्रबार

अमेरिकी सरकारको सिटिजनसिप एण्ड इमिग्रेशन सर्भिसेज युएससीआईएसले शुक्रबार नयाँ नीति जारी गर्दै गाँजा सेवन लगायत यससँग सम्बन्धित गतिविधि गरेको पाइएमा अमेरिकी नागरिकता लिनमा रोक्न सकिने स्पष्ट पारेको छ । अमेरिकी नागरिकता लिनका लागि चाहिने असल नैतिक चरित्रबारे स्पष्ट पार्दै गाँजाको सेवनको राज्यको कानुनमा अपराधका रुपमा नलिइएपनि अमेरिकी नागरिकता लिनका लागिभने सशर्त बारको रुपमा रहने युएससीआईएसले स्पष्ट पारेको छ ।
सन् १९९६ देखि वासिंटन डिसी लगायतका कैयन राज्यहरुले गाँजाको खेती, वितरण, सेवन र बोकेर हिड्ने मेडिकल वा गैर गैरमेडिकल कृयाकलापलाई अपराधका रुपमा नलिने गरी कानुनको निर्माण गरेका छन् । तर अमेरिकाको संघीय कानुनले भने गाँजाको खेती, वितरण, सेवन र बोकेर हिड्ने कृयाकलापलाई गैरकानुनी ठहर गर्दै यस्तो गरेका कारण आप्रवासीले अपराध र अध्यागमन अवस्थाको सामना गर्नुपर्ने स्पष्ट पारेको छ ।
पोलिसी अलर्टको पूर्ण पाठ
गाँजाबारेको गतिविधि राज्यको वा विदेशको कानुन अन्तरगत गैरकानुनी नठहरिएको अवस्थामा समेत त्यस्तो गतिविधि गरेको पाइएमा त्यस्ता आप्रवासीलाई असल नैतिक चरित्र नभएको ठहर गरेर अमेरिकी नागरिकता लिनमा रोक लगाउने युएसससीआईएसले जनाएको छ । यद्यपी एकपटकमात्र ३० ग्राम वा त्यो भन्दा कम गाँजा सेवन, वितरण वा बोकेर हिडेको पाइएमा भने छुट दिन सकिने जनाइएको छ ।
गाँजा उद्योगमा काम गरेका कारण ग्रिनकार्डबाहकलाई नागरिकता प्रदान गर्नमा अस्वीकार गरिएको समाचार सार्वजनिक भए लगत्तै युएससीआईएसको नयाँ मेमो आएको हो । युएससीआईएसले संघीय कानुन अनुशार काम गर्नुपर्ने भएकाले र संघीय कानुन अनुशार अमेरिकामा गाँजा अवैध भएकाले गाँजालाई असल नैतिक चरित्रको मापदण्डमा राखिएको युएससीआईएसका प्रवक्ताले जनाएका छन् ।
मेरिल्याण्डमा रहेका गाँजा पसल । फोटो : किशोर पन्थी