२४ कार्तिक २०८३, मंगलबार| Tuesday, November 10, 2026
खबर

अमेरिकी जेलमा तीन सय नेपाली

अमेरिकाका अध्यागमन जेलमा २९२ जना नेपालीहरु रहेको विवरण खसोखासले प्राप्त गरेको छ । युएस इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसका प्रवक्ता डिनेल बेनेटले खसोखासका प्रधानसम्पादक किशोर पन्थीलाई दिएको जानकारी अनुशार अमेरिकाका विभिन्न अध्यागमन जेलमा   २ सय ९२ जना नेपालीहरु रहेका छन् ।

यसरी अमेरिकी अध्यागमन जेलमा रहेका नेपालीहरुमध्ये अधिकांश मेक्सिकोको सिमाक्षेत्रहुँदै गैरकानुनी रुपमा अमेरिका छिर्ने क्रममा पक्राउ परेका कागजपत्रविहिनहरु हुन् । उनीहरुमध्ये अधिकांशले अमेरिकामा एसाइलमको दावी गरिरहेका छन् ।

यसअघि खसोखासले प्राप्त गरेको जानकारी अनुशार सबैभन्दा धेरै नेपालीहरुलाई जर्जिया, एरिजोना र अलाबामाको अध्यागमन जेलमा राखिएको थियो । तर यी नेपालीहरुमध्ये कतिजना नेपालीहरुलाई कुन कुन अध्यागमन जेलमा राखिएको छ भन्नेबारे भने विवरण प्राप्त भएको छैन ।

दलाललाई लाखौं बुझाएर मेक्सिकोकोबाटो हुँदै अमेरिका छिर्ने क्रममा सिमानामा पक्राउ परेका नेपालीहरुलाई अध्यागमन जेलमा राखिदै आएको छ । कतिपय जेलमा परेका नेपालीहरु धरौटीमा रिहा हुने गरेपनि कैयनको भने धरौटी अस्वीकार समेत गरिदै आएको छ ।

अमेरिकामा इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्टको माताहतमा ७१ वटा अध्यागमन जेलहरु रहेका छन् । कतिपय अध्यागमन जेलहरुमा हिन्दु नेपालीहरुलाई समेत धर्म विपरित गाईको मासु खान दिएका समाचारहरु यसअगाडि सार्वजनिक भएका थिए ।

अमेरिकी अध्यागमन जेलमा रहेका नेपालीहरुमध्ये ६ जनाबिरुद्ध अपराधको मुद्दा चलाइएको छ । उनीहरुमध्ये ३ जना भर्जिनिया, १ जना न्युयोर्क , एकजना कोलोराडो र एकजना न्युयोर्कमा रहेका छन् ।

खसोखासका समाचार नछुटाउनुहोस्Follow Khasokhas for immigration, green card, tax and community news.Facebook मा Follow गर्नुहोस् →

तस्वीरमा टेक्सासको पोर्ट इशावेल डिटेन्सन सेन्टर । फोटो : किशोर पन्थी

लेखक खसोखास अमेरिका ब्यूरो

Khasokhas Weekly is published Weekly and read by thousands of Nepalese and Nepalese speaking in the USA. There are more than 250,000 (unofficial data) Nepali people in the USA. According to the 2010 US Census, there are 59,490 Nepalese in the USA. The actual numbers…

यस लेखकका थप समाचार →