बिमलेसले प्रियंकालाई उचाल्न नसकेर पछारिएपछि भिडियोमा पाँच टेक (भिडियो)
प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार

कलाकार बिमलेश अधिकारीले एउटा गीतको म्युजिक भिडियोमा प्रियंका कार्कीलाई उचाल्न नसकेर पछारिएपछि पाँच पटकसम्म टेक दिनुपरेको रोचक भिडियो सार्वजनिक गरेका छन् । भिडियोमा बिमलेशले प्रियंकालाई एउटा गीतको भिडियोमा उचाल्ने प्रयास गर्छन्, तर नसकेर प्रियंकासँगै भूईमा पछारिन्छन् ।
भिडियोमा पछारिएको र रिटेक गरेको दृश्य यस्तो छ ।
बीच सडकमा छायांकन गरिएको उक्त भिडियो छायांकनका बेलामा आफ्नो खुट्टामा समस्या आएका कारण आफूले प्रियंकालाई उचाल्न नसकेको बिमलेशले बताएका छन् । पटकपटक टेक दिनुपरेकोमा र प्रियंकालाई लडाएकोमा आफूलाई लाज लागेको उनले बताएका छन् ।
केही बर्ष पहिले खिचिएको भिडियोमा बिमलेशलाई धेरै बर्ष पुरानो फेशनमा देखाइएको छ । झुम्यो तिम्रो वदन बोलको उक्त गीत वदन एल्बमको गीत हो । जसमा स्वर दिएका थिए लक्षु निरौलाले भने सन्तोष मादेन लिम्बुको शब्द रहेको थियो ।
गीतको म्युजिक भिडियो भने यस्तो थियो ।