सुकुटेमा सुटुक्क !


प्रकाशित मिति : बैशाख ५, २०७६ बिहीबार

नेकपा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल शान्त वातावरणमा आराम खोज्दै बिहिबार सुकुटे आइपुगेका छन् । पूर्वसहकर्मी नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले गरेको नेपाल बन्दका बीच पत्नी सीतासहित आएका उनी सुटुटे इक्वेडर विच रिसोर्टमा बसेका छन् ।

दिउँसो करिब ३ बजेतिर उनी अरनिको राजमार्ग हुँदै राजधानीबाट ७६ किमी टाढा सुनकोसी नदी बगरस्थित रिसोर्ट आइपुगेका थिए । यो समाचार आजको नागरिक दैनिकमा ध्रुव दङ्गालले लेखेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com