काठमाडौँमा १३ हजारसँग लाइसेन्सप्राप्त हतियार


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

काठमाडौँमा १३ हजार व्यक्तिले लाइसेन्स लिएर हतियार राखेका छन् । तर, ती हरियार नवीकरण भए–नभएको र को–कोसँग छ भन्ने सरकारी निकायलाई नै जानकारी छैन ।

सरकारले १० वर्षसम्म पनि व्यक्तिसँग भएका निजी हतियारको लगत संकलन गर्न नसकेको हो । जुनसुकै जिल्लाबाट हतियार नविकरण गर्न मिल्ने कानुन भएकाले पनि विवरण संकलनमा कठिनाइ भएको छ ।

यस्तै, नविकरण नभएका हतियारारे प्रशासनलाई जानकारी नहुने भएकाले अवैध रुपमा हतियार राख्ने बढिरहेका छन् ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com