विश्व स्वास्थ्य सङ्गठन भन्छ, ‘नेपालमा पनि दादुरा सङ्क्रमण बढ्यो’


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

नेपालले सन् २०१९ भित्र दादुरा उन्मूलन गर्न लक्ष्य लिएको थियो, तर यो रोगको सङ्क्रमण केही वर्षदेखि बढ्न थालेको विश्व स्वास्थ्य सङ्गठनको एउटा तथ्याङ्कले देखाएको छ।
विश्वका अन्य देशमा पनि दादुराबाट पीडित हुनेहरूको सङ्ख्या बढेको पाइएको छ। विश्व स्वास्थ्य सङ्गठन सङ्गठनले यो प्रारम्भिक तथ्याङ्क भएको र वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने बताएको छ। भाइरसबाट लाग्ने दादुराबाट प्राय: बालबालिका पीडित हुन्छन्। तर यो खोपबाट नियन्त्रण गर्न सकिन्छ।
नेपालमा के छ स्थिति
नेपालमा सन् २०१८ मा झन्डै साढे दुई सय जनालाई दादुरा भएको पुष्टि भएको थियो भने यो वर्ष तीन महिनाभित्र ३७२ मा सो रोग लागेको पुष्टि भइसकेको छ।

सन् २०१७ मा जम्मा ७७ जनामा दादुरा भएको पाइएको थियो। तर यी विवरणहरू सरकारी निकायमा आइपुगेको जानकारीमा मात्रै तयार आधारित भएकाले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने विज्ञहरू बताउँछन्।

विश्वव्यापी रूपमै दादुरा सङ्क्रमण बढेको अवस्थामा नेपालमा मात्रै त्यसको कारण यही हो भन्न नसकिके उनीहरूको धारणा छ।

तर दादुरा नहोस् भनेर दिइने खोपको प्रयोगबारे जागरुकता बढाउन गरिने जनचेतनाका कार्यक्रम पर्याप्त र प्रभावकारी नभएकाले समस्या बल्झेको हुन सक्ने उनीहरूको अनुमान छ।

स्वास्थ्य मन्त्रालय परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले बीबीसी नेपाली सेवालाई भने, “दादुरा लाग्ने बिरामीको सङ्ख्यामा वृद्धि हुनुको एउटा मुख्य कारण खोप लगाउनेको सङ्ख्यामा आएको कमी हुन सक्छ।”

श्रोत बिबिसि नेपाली सेवा

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com