विखण्डनकारी तत्वलाई छोड्दैनौ : गृहमन्त्री थापा


प्रकाशित मिति : बैशाख ४, २०७६ बुधबार

गृहमन्त्री रामबहादुर थापाले संविधान र राज्य विरोधी तथा विखण्डनकारी तत्वलाई वर्तमान सरकारले नियन्त्रण गर्दै शान्ति सुरक्षाको कार्यलाई व्यवस्थित एवं प्रभावकारी बनाएको बताउनुभएको छ ।

गृहमन्त्रीद्वारा नं ३ प्रदेशस्तरीय शान्ति सुरक्षा गोष्ठीको आज उद्घाटन कार्यक्रममा पत्रकारहरुसँग उहाँले विकास एवं समृृद्धिका लागि शान्ति सुरक्षा अत्यन्त आवश्यक रहेको र त्यसतर्फ सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।

देशमा चोरी तस्करी, गुण्डागर्दी, हिंसा र अपराध, भ्रष्टचार, अनियमितता लगायतका गैरकानूनी काम नियन्त्रण गर्न सरकारले विशेष अभियान शुरु गरेको बताउँदै गृहमन्त्री थापाले त्यस कार्यमा सरकार सफल पनि हुदैँ गएको र शान्ति सुरक्षामा सुधार आएको बताउनुभयो ।

हिंसाको बाटो अपनाएको नेत्रविक्रम चन्द नेतृत्वको समुहसँग वार्ता प्रक्रिया भइरहेको बताउँदै हिंसाको बाटो हिँड्ने कसैलाई नछोड्ने उल्लेख गर्नुभयो । पत्रकारको जिज्ञासामा नयाँ प्रहरी ऐन नआएको अवस्थामा पुरानो ऐनको आधारमा सङ्घ, प्रदेश र स्थानीय तहले शान्ति सुरक्षाको कार्य गरिरहेको बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गोष्ठीमा १३ जिल्लाका प्रमुख जिल्ला अधिकारी, नेपाल प्रहरीका प्रमुख, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख, सशस्त्र प्रहरीका प्रमुख र नेपाली सेनाका उच्च पदस्थ पधाधिकारी लगायतका जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको छ ।

दुईदिने गोष्ठीमा शान्ति सुरक्षाका लागि जिल्ला र प्रदेशबाट समाधान गर्न सकिने समस्या र चुनौतीका लागि एकीकृत अवधारणा बनाउने उद्देश्य रहेको छ । गृहसचिव पे्रमकुमार राईको अध्यक्षतामा शुरु भएको सो कार्यक्रममा आर्थिक अपराध, सङ्घीयता, संविधान विरोधी र सुशासन कायम गर्ने र अपराध नियन्त्रण गर्ने विषयमा छलफल हुने बताइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com