जेलमा रहेका एसाइलम आवेदकलाई अब धरौटीमा नछाडिने, पहिले छाडिएकालाई पनि जेलमा राख्न सकिने


प्रकाशित मिति : बैशाख ३, २०७६ मंगलबार

एसाइलमको क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरिसकेर पूर्ण सुनुवाईको प्रतिक्षा गरिरहेका एसाइलम आवेदकलाई बण्डमा नछाड्ने महान्यायाधिवक्ता विलियम बारले नयाँ रुलिङ गरेका छन् । यो रुलिङ पछि सिमाक्षेत्रबाट प्रवेश गरेर अध्यागमन जेलमा सुनुवाई कुरिरहेकाहरुलाई अब बण्डमा नछाडिने भएको छ ।

अब सिमाक्षेत्रबाट प्रवेश गरेर क्रेडिबल फियर अन्तरवार्ता उत्तिर्ण गरेकाहरुलाई अनिवार्य रुपमा अध्यागमन जेलमा राखिने भएको छ । नयाँ रुलिङबाट अमेरिकामा एसाइलम खोज्ने हजारौं प्रभावित हुने बताइएको छ ।

एनबीसी न्युजमा प्रकाशित रिपोर्ट अनुशार बण्ड प्राप्त गरेर जेलबाहिर रहेरै एसाइलमको निर्णय कुरिरहेकाहरुलाई पनि अब अध्यागमन जेलमा राखिनेछ । र उनीहरुले जेलभित्रै बसेर आफ्नो एसाइलमको सुनुवाई प्रतिक्षा गर्नुपर्नेछ । एसाइलम सुनुवाईका लागि चर्को ब्याकलगका कारण महिनादेखि बर्षौ कुनुपर्ने अवस्था रहेको छ ।

नयाँ रुलिङको कार्यान्वयन भने ९० दिनभित्र हुने भएको छ । अध्यागमन हिराशतमा धेरै आप्रवासीहरुलाई राख्ने क्षमता आइससँग नभएकाले बिस्ताराका लागि थप स्थान बनाउनका लागि यो समय प्रदान गरिएको जनाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

महान्यायाधिवक्ताको रुलिङको पूर्ण पाठ यहाँ पढ्नुहोला ।

अमेरिकी कानुन अनुशार अध्यागमन न्यायाधिसको फैसलालाई महान्यायाधिवक्ताले उल्टाउनसक्ने प्रावधान रहेको छ । विगतमा एसाइलमको सुनुवाई कुर्नेलाई बण्डमा रिहा गरिदै आएपनि महान्यायाधिवक्ताले त्यसलाई उल्टाइदिएका छन् ।

अमेरिकाका विना कागजात प्रवेश गरेकाहरुलाई सुरुमा शीघ्र प्रकृयाको देशनिकालामा राखिन्छ । क्रेडिबल फियर अन्तरवार्ताका क्रममा यदि उनीहरुले एसाइलम अफिसरलाई आफ्नो देशमा फर्कन खतरा रहेको चित्त बुझाउन सकेमा उसको मुद्दा न्यायाधिससमक्ष पेश हुने अवशर प्रदान गरिन्छ । यही प्रकृयाका क्रममा बण्ड सुनुवाईको आग्रह गरेमा त्यस्तो सुनुवाई प्रदान गरिने र अदालती सुनुवाईसम्मका लागि बण्डमा रिहा गरिदै आएको थियो ।

तर अब यो प्रकृयालाई महान्यायाधिवक्ताले उल्टाएका कारण एसाइलमको सुनुवाई कुर्नेहरु जेलमै बस्नुपर्ने भएकोछ । यद्यपी १८ बर्षभन्दा कम उमेरका बच्चाबच्चीसहितका परिवारका सन्दर्भमा भने यो नियम लागु हुनेछैन । किनभने संघीय अदालतको फैसलाले बालबालिकालाई २० दिनभन्दा धेरै हिराशतमा राख्नमा रोक लगाएको छ ।

अमेरिकाको अध्यागमन जेलहरुमा हाल झण्ड्रै ३ सय नेपालीहरु रहेका छन् । कैयन नेपालीहरु बण्डमा समेत रिहा भएर एसाइलमको सुनुवाई कुरिरहेका छन् ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com