चट्याङ लागेर बिलबाङमा ६ जना घाइते, तीनको अवस्था गम्भिर


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

म्याग्दीको मालिका गाउँपालिका २ विलबाङमा चट्याङ लागेर ६ जना घाइते भएका छन् । सोमबार सांझ करिब पाँच बजे परेको चट्याङबाट बिलबाङका पवित्रा पुन ,मिरा कुमारी पुन ,दिवस पुन ,तकसरा पुन ,खकेन्द्र पुन ,कमानसिङ्ग पुन घाइते हुन््भएको दरबाङ प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर गणेश श्रेष्ठले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार घाईते मध्ये पवित्रा पुन ,मिरा कुमारी पुन र दिवस पुनको स्वास्थ्य अवस्था गम्भिर रहेको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको डा श्रेष्ठले जानकारी दिनुभयो ।

गाउँपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र ईलाका प्रहरी कार्यलय दरबाङको सहयोगमा घाइतेहरुको उद्धार गरी दरबाङ ल्याइएको थियो । भारी असिना संगै परेको बर्षाका कारण उद्धार कार्यमा समस्या भएको अध्यक्ष रोका मगरले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com