फ्रि भिसाका नाममा यसरी ठगिँदैछन् लाखौं युवा
प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

सरकारले लागू गरेको ‘फ्रि भिसा–फ्रि टिकट’ सम्बन्धी व्यवस्थाको दुरुपयोग गरेर म्यानपावर कम्पनीले लाखौँ रुपैयाँ लिने गरे पनि सरकराले अनुगमन गर्न नसक्दा लाखौं युवा ठगीमा परेका छन्।
व्यवसायीले फ्रि भिसा फ्रि टिकटका नाममा लाखौँ असुल्ने गरे पनि १० हजार रुपैयाँको मात्र भर्पाई दिने गरेका छन्।
व्यवसायीले कामदारबाट १ लाख ५० हजार रुपैयाँसम्म लिने र कतिपय रोजगार दाता कम्पनीले भिसा खर्च, आतेजते हवाई टिकटबापत दिएको शोधभर्ना शुल्कसमेत लिने गरेको देखिएको छ। यो समाचार आजको कारोबार दैनिकमा छ ।