ढलान गरेको दुई दिनमै पक्की पुल गर्ल्यामगुर्लुम


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

गुल्मी जिल्लाको बडीगाढ खोलामा निमार्णधीन पक्की पुल ढलान गरेको दुई दिनमै भत्किएको छ । मुसिकोट नगरपालिका–३ र ७ को वडागाँउ र वामी जोड्ने झेदीको पुल ढलान गरेको दुई दिन बित्न नपाउँदै भत्किएको हो ।

तत्कालीन जिल्ला प्राविधिक कार्यालय गुल्मीमार्फत वाइटी जयबुद्ध कन्स्ट्रक्सन प्रालिले निर्माण गर्दै गरेको सो पुल शुक्रबार ढलान गरिएको थियो ।

बिचमा पिल्लर नभएको ५५ मिटर लामो सो पुल २०७३ सालमा सम्झौता भई २०७४ सालमा निर्माण थालिएको थियो । अहिले यसको अनुगमनको जिम्मा प्रदेश ५ अन्तर्गत भौतिक पूर्वाधार विकास कार्यालय गुल्मी मातहत रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com