राजनको चौधौं पुस्तक अप्रिल ३० मा, कहिले नभनिएका कथाको संग्रह


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

अमेरिकाको न्युयोर्क निवासी युवा लेखक राजन थपलियाको नयाँ पुस्तक ‘आई वील नेभर लिभ यु, आई प्रमिस’ अप्रिल ३० मा सार्वजनिक हुने भएको छ । थपलियाको यो पहिलो कथासंग्रह हो, जसमा १० वटा कथाहरु समावेश गरिएको थपलियाले जानकारी दिएका छन् ।

अहिलेसम्म १३ वटा पुस्तक लेखिसकेका थपलियाले फुटकर कथाहरु लेखेपनि संग्रहका रुपमा प्रकाशित गरेका थिए । उपन्यास लेखनमा अग्रशर उनले यसअगाडि कैयन आत्मप्रेरक पुस्तकहरु लेखिसकेका छन् । कवितासंग्रह प्रकाशित गरिसकेका उनको कविता नेपालमा निम्न माध्यामिक स्तरको पाठ्यपुस्तकमा समेत समावेश छ ।

यो कथासंग्रह अनलाइनबाट किन्न सकिनेछ । यसअगाडि प्रकाशित उनका पुस्तकहरु अमेजन लगायतका अनलाइन प्लेटफर्महरुमार्फत किन्न सकिन्छ । राजनले हफिंटन पोष्ट, इलाइट डेली, थ्राइभ ग्लोबल लगायतका विश्व प्रसिद्ध संचारमाध्यममा समेत लेख्दै आएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com