जापानीहरु विदेशीको छेउको सिटमा किन बस्न चाहादैनन् ?


प्रकाशित मिति : बैशाख २, २०७६ सोमबार

बिहानको समयमा जापानी रेल भीडभाड हुन्छन् । यात्रुको ठेलमठेल र एक अर्कासँग यसरी टाँसिएका हुन्छन् उनीहरु कि त्यहाँ बीचबाट लामखुट्टे पनि छिर्न पाउँदैन । जतिसुकै भीड भएपनि जापानीहरु विदेशी बसेको सिटछेउमा बस्न रुचाउँदैनन । यस्तो व्यवहारले तपाइलाई नराम्रो लाग्न सक्छ । तपाइ आफूलाई अलग पनि महसुस गर्न सक्नुहुन्छ । यस्तो अनुभवले तपाइलाई रिस पनि उठाउन सक्छ । तर यसको अर्थ के हो त भन्नेबारे आजको लेखमा जानकारी प्रंस्तुत गरिएको छ ।

आन्तरिक विवाद

व्यस्त समयमा अन्य सिट उपलब्ध नहुन सक्ने अवस्थामा जापानका स्थानीयहरु विदेशी नजिकको सिटमा किन बस्दैनन् त?यो विवाद लामो समयदेखि चलि नै आएको छ । जातिवादीका कारण पो विदेशीले यस्ता व्यवहार भोग्नुपरेको हो कि भन्ने कुराहरु पनि बेला बखत नचलेका होइनन् । हरेक विदेशीले आफ्नो जापान बसाइमा यस्तो व्यवहार भोगेकै हुनुपर्छ । यसरी आफ्नो छेउमा अरु कोही पनि नबस्दा आफूले बाहिरिया महसुस गर्ने यस्तो अवस्थाका सामना गरेकाहरु बताउँछन् । जति सुकै लामो समय जापान बसेको भएपनि स्थानीयका लागि विदेशीप्रतिको यस्तो व्यवहारमा परिवर्तन नआउने केहीको भनाइ छ । यो कहिले देखि शुरु भयो र यसको अन्त्य कहिले हुन्छ भन्ने कुराको केही टुंगो छैन ।

सूक्ष्म आक्रामकताको सूक्ष्मता

सूक्ष्म आक्रमकता मानिसहरुको जात, लिंग धर्म आदीकाद कारण हुने अपनामले निम्त्याएको प्रतिकृया हो । यसले मानिसकोे भावनालाई जोड दिन्छ । यस्ता प्रतिकृयाले केही हानी नगर्ने भएपनि यसले विवाद भने ल्याउन सक्छ । यस्ता कुराहरु जहाँ पनि हुन सक्छ । जापानमा विदेशीलाई उनीहरुलाई चपस्टिक्सको प्रयोग गर्न आउँछ कि आउँदैन भनेर सोध्छन् । यस प्रश्नप्रतिको मानिसको प्रतिकृया मानिसैपिच्छे फरक हुन्छन् । कसैले यसको उत्तर सरल तरिकाले आउँछ, वा आउँदैन भनेर दिन्छन् भने कसैका लागि चाहिँ यो हानीकारक सूक्ष्म आक्रमण हुन सक्छ । यसले उनीहरुलाई जापानी र आफूवीचको भिन्नता झ्न फराकिलो बनाउन सहयोग गर्छ । यस्तै सूक्ष्म आक्रमण आफू छेउ कोहि नबसेको अवस्थामा विदेशीले महसुस गर्छन् ।

होमोफिलि

होमोफिलि के हो ? होमोफिलि आफूसमान व्यक्तिसँग जोडिने चाहने एक प्रवृत्ति हो । यसलाई समाजका विभिन्न पक्षमा देख्न सकिन्छ । भेडा भेडासँग र बाख्रा बाख्रासँग भन्ने उखान त हामीले सुनेकै छौं । अर्थात जोकोही पनि आफ्नै हूलमा बाँधिन चाहन्छ । यो दशकौंदेखि नै चलिआएको र यसबारे थुप्रै अध्ययनहरु पनि भएका छन् । जापानमा पनि यो कायम छ र विदेशीको छेउको सिटमा स्थानीय बस्न नचाहनुमा एउटा कारण यो पनि हुन सक्छ । बरु उनीहरु आफूजस्तै देखिनेको छेउको सिटमा बस्न चाहन्छन् ।

निश्कर्ष

यसबारेको विवाद लामो समयदेखि चलिआएको भएपनि यसको स्पष्ट जवाफ भने छैन । यसबारे मानिसपिच्छे फरक फरक विचार हुन सक्छन् । त्यसैले यो यसै हो भनेर भनिहाल्ने अवस्था छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com