अष्ट्रेलियामा रोजगारी कटौति हुने चेतावनी


प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार

अष्ट्रेलियामा आउने दिनमा विद्यमान रोजगारीमा कटौति हुने आशंका गरिएको छ ।

श्रमिकले पाउदै आएको तलबमा तत्काल वृद्धि गर्न दबाब परेपछि अष्ट्रेलियाका व्यवसायीहरु प्रभावित हुने संकेत देखिएको समाचारमा उल्लेख छ । त्यसैले केही क्षेत्रका व्यवसायीहरुले रोजगारी कटौति गर्नसक्ने अनुमान गरिएको छ । अष्ट्रेलियाका व्यवसायीहरुलाई श्रमिकको न्यूनतम तलब ६ प्रतिशतले बढाउन दबाब परेको छ । यदि न्यूनतम तलबमा वृद्धि गर्नुपरे केहीले रोजगारी गुमाउनसक्ने व्यवसायीहरुले चेतावनी दिएका छन् ।

फेयर वर्क कमिसनले श्रमिकहरुको न्यूनतम तलबमा पुनर्विचार गर्ने निर्णयको प्रतिक्रियास्वरुप अष्ट्रेलियन औद्योगिक समूहले यस्तो चेतावनी दिएको हो । व्यवसायीहरुले यो वर्ष श्रमिकको तलबमा २ प्रतिशतभन्दा बढी वृद्धि गर्न नसकिने स्पष्ट पारेका छन् ।

अहिले औद्योगिक क्षेत्रमा चलिरहेको मन्दिका कारण साप्ताहिक १४ डलरभन्दा बढी तलब बढाउन नसकिने उनीहरुको अडान छ । तर अष्ट्रेलियन ट्रेड युनियन काउन्सिलले भने कम्तीमा ६ प्रतिशत अर्थात हप्ताको ४३ डलर तलब बढाउन माग गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com