नेपाली नयाँ वर्षमा अष्ट्रेलियाका प्रधानमन्त्री सहित राजनीतिक दलका प्रमुखहरुले के भने ?


प्रकाशित मिति : बैशाख १, २०७६ आईतबार

विक्रम सम्बत २०७६ को पहिलो दिन अर्थात नयाँ वर्षको अवसरमा अष्ट्रेलियाका प्रधानमन्त्री सहित अन्य राजनीतिक दलका प्रमुखले नेपालीसंग शुभकामना आदान प्रदान गरेका छन् ।

नेपाली नयाँ बर्ष २०७६ मनाउन भेलाभएका नेपालीहरुको बढ्दो उपस्थितिबीच अष्ट्रेलियाका राजनीतिक दलका शीर्षनेताहरुले नेपाली नयाँ वर्षको शुभकामना आदान–प्रदान गरेका छन् । विगतमा नेपालीहरुको महान चाड विजया दशमीको अवसरमा कहिलेकाँहीमात्र शुभकामना आदनप्रदान गर्ने नेताहरुले यसपटक नयाँ वर्षको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम नै गरेर खुसी साटेका हुन् । अष्ट्रेलियामा मे महीनाको १८ तारिखमा आम निर्वाचन हुँदैछ । अष्ट्रेलियाका प्रधानमन्त्री मोरिस र विपक्षी दलका नेता एवं लेबरपार्टीका नेता बिल सोर्टनले पनि शुभकामना दिएका छन् ।

शुभकामना सन्देशमा प्रधानमन्त्री स्कटले विक्रम संम्वत २०७६ सालको अवसरमा बहुसांस्कृतिक, बहुआयामिक देश भएकाले अष्ट्रेलियाको संस्कृति, भाषा, कलालाई प्रर्बद्धन गर्नसक्ने विषयमा आश्वास्त पार्ने प्रयास गरिएको छ । सन्देशमा नेपालीहरु अष्ट्रेलियामा करिब पाँच दशकदेखि बसोबास गर्न थालेको भन्दै नेपाल–अष्ट्रेलिया द्वैत्य सम्बन्ध स्थापनाले दुई मुलुकबीचको गहिरो सम्बन्धलाई अझै प्रगाढ बनाएको जनाइएको छ ।

अष्ट्रेलियामा नेपाली समुदायको बड्दो उपस्थितिलाई ध्यानमा राखेर राजनीतिक दलका नेताहरुले शुभकामना दिनुलाई नेपालीहरुले आगामी चुनावी कडीको रुपमा लिएका छन् । जे भएपनि नेपाली नया“ वर्षको अवसरमा अष्ट्रेलियाका प्रमुख राजनीतिक दलका नेताहरुबाट नेपाली नयाँ वर्षको शुभकामना सन्देश प्राप्त गर्नुलाई पनि उपलब्धि भने मान्न सकिन्छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com