डिभी लोटरीको रिजल्ट मे ७ देखि


प्रकाशित मिति : चैत्र ३०, २०७५ शनिबार

आर्थिक बर्ष सन् २०२० का लागि भरेको डिभी लोटरीको नतिजा आगामी मे ७ देखि आउने भएको छ । गत अक्टोबर ३ देखि नोभेम्बर ६ सम्म डिभी लोटरी भरेकाहरुले न्युयोर्क समय अनुशार मे ७ तारिख दिउसो १२ बजेदेखि आफूलाई डिभी लोटरी परे नपरेको चेक गर्न सक्नेछन् ।

विजेताहरुले सन् २०१९ को अक्टोबर १ देखि अमेरिकाको भिसा प्राप्त गर्न थाल्नेछन् भने सन् २०२० को सेप्टेम्बरको अन्त्यसम्ममा भिसा प्राप्त गरिसक्नुपर्नेछ । अमेरिकी सरकारले आर्थिक बर्ष २०२० का डिभी विजेताहरुलाई आफ्नो कन्फर्मेशन नम्बर सन् २०२० को सेप्टेम्बरसम्म आफूसँग राख्नलाई सुझाव दिएको छ ।

डिभी लोटरी परे नपरेको चेक गर्न यहाँ क्लिक गर्नुहोला ।

अहिले भिसा पाइरहेकाहरु सन् २०१७ को अक्टोबर १८ देखि नोभेम्बर २२ सम्म डिभी लोटरी भरेर विजेता हुनेहरु हुन् । उनीहरुले आगामी सेप्टेम्बरको अन्त्यसम्म अमेरिकाको भिसा प्राप्त गर्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आर्थिक बर्ष २०२१ का लागि भने आगामी अक्टोबरमा डिभी लोटरी खुल्नेछ । रिपब्लिकन सिनेटरहरुबाट डिभी लोटरी अन्त्यका लागि अमेरिकी सिनेटमा बिल पेश गरिएको भएतापनि डेमोक्र्याटको बाहुल्य रहेको हाउसबाट भने यो बिल पारित भएर लागु हुने सम्भावना निकै न्यून रहेको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com