एसाइलम कानुनमा परिवर्तनसँगै दुईदलीय बिधयेक ल्याउन म्याक्कोनेलको आब्हान


प्रकाशित मिति : चैत्र २९, २०७५ शुक्रबार

अमेरिकी सिनेटमा बहुमतप्राप्त रिपब्लिकन दलका नेता मिच म्याक्कोनेलले एसाइलम कानुनमा परिवर्तनसँगै मुलुकको अध्यागमन समस्या समाधानका लागि दुईदलिय बिधयेक ल्याउन आब्हान गरेका छन् । दुईसाता लामो सिनेटको विश्राम अगाडि बिहिबार पत्रकारहरुसँग कुरा गर्दै मेक्सिकोको सिमाक्षेत्रमा उत्पन्न संकट समाधानका लागि दुईदलीय सहमति कायम गर्न आवश्यक रहेको बताएका छन् ।

अमेरिकाका र मेक्सिकोको सिमाक्षेत्रबाट आप्रवासीहरुको संख्या बढेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिमानामा पर्खाल निर्माणका लागि संकटकालको घोषणा गरेका थिए । सदनले पर्खाल निर्माणका लागि ५ दशमलव ७ बिलियन डलर विनियोजन गर्न असहमति जनाएपछि ट्रम्पले संकटकालको घोषणा गरेका थिए ।

मिच म्याक्कोनेलले बृहत अध्यागमन बिलको सन्दर्भमा अफूले सिनेटमा रिपब्लिकन नेता चक शुमरसँग पनि विभिन्न विषयमा कुराकानी गरिरहेको जनाएका छन् । शुमरले भने बिहिबारकै पत्रकार भेटघाटमा सिनेटले यो बर्ष सम्बोधन गर्ने विषयको सुचीमा अध्यागमनको विषय नरहेको बताएका थिए ।

मंगलबार सार्वजनिक गरिएको एउटा तथ्यांक अनुशार सिमाक्षेत्रमा मार्च महिनामा मात्र १ लाख ३ हजार आप्रवासीहरुलाई पक्राउ वा अमेरिका प्रवेशमा रोक लगाइएको छ । जुन गत महिनाको तुलनामा ३५ प्रतिशतले बढी हो भने गतबर्षको मार्च महिनाको तुलनामा दोब्बर हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com