विगतमा सँगै भिडियो खेलेका बिमलेशले लिए रिमाको यस्तो अन्तरवार्ता, नयाँ म्युजिक भिडियो आउँदै


प्रकाशित मिति : चैत्र २८, २०७५ बिहीबार

कुनै बेला झण्डै एकदर्जन म्युजिक भिडियोमा एकसाथ देखिएका थिए कलाकारहरु बिमलेश अधिकारी र रिमा विश्वकर्मा । अहिले बिमलेश अमेरिकामा बस्दै आएका छन् भने रिमा पनि नेपाल आइडल सिजन २ का विजेताहरुको प्रस्तुतीका साथमा अमेरिकामा नै छिन् ।

रिमा अमेरिका आएको मौकामा बिमलेशले रिमाको अन्तरवार्ता लिएको एउटा रमाइलो भिडियो सार्वजनिक भएको छ । जसमा बिमलेशले निकै रमाइलो पारामा रिमाको अन्तरवार्ता लिएका छन् । भिडियोमा दुबैले विगतको कुरा गरेका छन् ।

मेरिल्याण्डमा छायांकन गरिएको उक्त भिडियो बिमलेशले आफ्नै युट्युब च्यानल मार्फत सार्वजनिक गरेका हुन् । रिमा र बिमलेशले अभिनय गरेको नयाँ म्युजिक भिडियो सार्वजनिक हुनु अगाडि यो अन्तरवार्ता सार्वजनिक भएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मेरिल्याण्ड र वासिंटन डिसीमा छायांकन गरिएको नयाँ म्युजिक भिडियो छिट्टै सार्वजनिक हुने जनाइएको छ । प्रशन्न पौडेलको निर्देशन रहेको उक्त भिडियोको गीत रञ्जु सुवेदीले गाएकी छिन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com