नेपालमै बनाउन थालियो नेपालकै ठूलो क्षमताको ‘पानीजहाज’
प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

नेपाललाई समुद्रले नछोए पनि नेपालमा ठूला नदीहरु छन् । ठूला नदीमा पानी जहाज चलाउने नेपाल सरकारको योजना रहेको छ । सोहि योजनालाई साकार बनाउन नेपाल सरकार सोहीअनुसार नीतिहरु बनाएको छ ।नदीमा पानी जहाज चलाउने भएपछी पानी जहाज कार्यालय पनि स्थापना भइसकेको छ ।
पानीजहाज चलाउन कार्यालय सरकारले नारायणी र कोशीमा पानी जहाज कार्यालय स्थापना गरेर काम अघि बढाएको छ । यसैक्रममा नेपाली युवाको समूहले गरी नेपालकै ठूलो क्षमताको ‘मोटरबोट’ बनाउन थालेको छ । उक्त ‘मोटरबोट नारायणीमा चलाउने गरी बनाउन थालिएको हो ।भरतपुर महानगरपालिका वडा नः १६ काब्रेघाटको खोल्सामा ती नेपाली युवाले सानो आकारको ‘पानी जहाज’ बनाइरहेका छन् ।
वरपर टिनले बारेर भित्र मजदुरहरुले काम गरिरहेका छन् ।त्यहा भारतको केरलाबाट ल्याएका प्राविधिकले काम गरिरहेका छन् । ‘राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले भारतको केरलाबाट ल्याएका ती प्राविधिकले दैनिकजसो काम गरेका छन् । ‘मिनी पानीजहाज’को माथिल्लो भागमा मानिसहरु बस्ने मिल्ने गरी सिटहरु तयार हुँदैछ ।उक्त मोटरबोट’ चितवनका रामचन्द्र कँडेलसहितको ५र६ जना युवाहरुको समूहले निर्माण गरिरहेको बताइएको छ । यसको लागत २५ करोड लाग्ने अनुमान गरिएको छ ।