‘कलंक’ गीतमा ५१ बर्षिया माधुरीको गजबको नृत्य (भिडियो)


प्रकाशित मिति : चैत्र २७, २०७५ बुधबार

उमेरले ५१ बर्ष पार गसिसकेकी यी अभिनेत्री माधुरी दीक्षितको फेरि एक पटक जवानि फर्केको छ। अनस्किनमा भएपनि । फिल्म ‘कलंक’को गीत हेर्दा यस्तै लाग्छ। भर्खरै फिल्म कंलकको गित ‘तबाह हो गए हम’ सार्बजनिक भएको छ।जसमा माधुरि को चार्म देखिएको छ।

यद्यपी माधुरी दीक्षित त्यसो त अहिलेकी पुस्ताकी अभिनेत्री होइनन् । अहिले बलिउडमा उनको छोरी पुस्ताले कब्जा जमाइसके । माधुरी दिक्षितले नृत्य गरेको भिडियो हेर्न दर्शक निकै आत्तुर थिए ।भिडियो सार्वजनिक भएपछि माधुरीले आफू अझै राम्रो नाच्न सक्ने कुराको प्रमाणित गरेकी छिन् ।

सार्बजनिक गित लाई श्रिया घोषालले गाएकी हुन् । शब्द अमिताभ भट्टचार्यको हो । गीतमा प्रीतमको संगीत छ । गीतको नृत्य निर्देशन सरोज खान र रेमी डि सेउजाले गरेका हुन् ।

अभिषेक वर्मन निर्देशित चलचित्र ‘कलंक’मा मधुरी दिक्षितसँगै संजय दत्त, सोनाक्षी सिंह, आदित्य कपुर, आलिया भट्ट, बरुण धवनको पनि मुख्य भूमिका रहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com