जापानमा नयाँ नोट प्रचलनमा आउने, यस्ता हुनेछन् नयाँ नोटहरु
प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

जापान सरकारले १० हजार येन, ५ हजार येन र १ हजार येन बैङ्कनोटको पुनः डिजाइन गर्ने भएको छ । नक्क्ली नोटको चलखेल रोक्न यसमा कटिङ एज प्रविधिको समेत जडान गरिने अर्थ मन्त्री तारो आसोले घोषण गरेका हुन् । नयाँ डिजाइन सन् २०२४ को पहिलो अर्धवार्षिक अवधिमा सार्वजनिक गरिने उनले बताए । नयाँ १० हजार येन विलमा बैङ्कर र व्यवसायि नेता इचि सिबुसावा (१८४०–१९३१) को तस्वीर रहने उनले बताए । ‘जापानी पूँजीवादका पिता’ भनिने सिबुसावाले जापानी अर्थतन्त्रमा आधुनिकिकरण भित्रयाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
त्यस्तै ५ हजार येनमा टोकियोस्थित सुदा युनिभर्सिटिका संस्थापक उमेको सुदा (१८६–१९२९) को तस्वीर रहने बताइएको छ । सुदाले २० औं शताब्दीमा जापानी महिलाको शिक्षा क्षेत्रमा योगदान दिएका थिए । त्यस्तै १ हजार येनको नोटमामा भने जापानमा आधुनिक विज्ञानको आधार तय गर्न योगदान दिएका सिबासाबुरो कितासातो (१८५३–१९३१) को तस्वीर रहनेछ ।
नयाँ नोटहरुमा थ्रीडी होलोग्राम पनि रहनेछ र बैङ्कनोटमा यस्तो प्रणाली अपनाउने जापान विश्वकै पहिलो राष्ट्र बन्ने अर्थ मन्त्रालयले बताएको छ । सरकारले २ हजार येनका नोट भने पुनः डिजाइन नगर्ने भएको छ । अन्य बैङ्क नोटको तुलनामा यस नोटका सर्कुलेशन थोरै भएका कारण यसलाई त्यसै छोडिने भएको हो ।
जापानमा नयाँ युगको घोषणा भएसँगै नोट पनि नयाँ ल्याउने योजना अघि सारिएको हो । यद्यपि युग परिवर्तन नै नोट परिवर्तनको मुख्य कारण भने होइन । जापानले हरेक २० वर्षमा तीन ओटा नोटको डिजाइन परिवर्तन गरिन्छ । अन्तिम पटक जापानले सन् २००४ मा नयाँ बैङ्कनोट सार्वजिनक गरेको थियो ।
यस्ता हुनेछन् नयाँ नोटहरु
१० हजारको नोटको अगाडिको भाग
१० हजारको नोटको पछाडिको भाग
५ हजारको नोटको अगाडिको भाग
५ हजारको नोटको पछाडिको भाग
१ हजारको नोटको अगाडिको भाग
१ हजारको नोटको पछाडिको भाग
५ सय येनको सिक्का, यसको बनावटमा प्रयोग हुने पदार्थ पनि नयाँ हुने बताइएको छ ।