देशबिकासमा सहयात्रा गर्न जनकपुरका मेयर शाहको आग्रह
प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

जनकपुरधाम उपमहानगरपालिका मेयर लाल किशोर शाहले नेपालको समृद्धिको यात्रामा सहकार्य गर्न आग्रह गरेका छन् । अमेरिका भ्रमणमा रहेका मेयर शाहले बिकसित नेपाल बनाउने अभियानमा सहकार्य गर्न यहाँ रहेका नेपालीहरुलाई आग्रह गरेका हुन् ।
मंगलबार न्यूयोर्कमा पत्रकारहरुसंग कुराकानी गर्दै मेयर शाहले नेपालले लामो राजनीतिक यात्रा सकेर बिकासको यात्रा थालनी गरेको भन्दै नेपालमा लगानीको वातावरण बनेको र मेहेनत गर्नेहरुलाई सुर्वण अवसर समेत रहेकाले देश फर्कन सक्ने उल्लेख गरेका छन् ।
यहाँ धेरै अनुभव र ज्ञान हासिल गरेका नेपालीहरु हुनुहुन्छ, अब देश समृद्ध बनाउन तपाईहरु लाग्नुपर्छ, मेयर शाहले भने, प्रवासमा नेपालीहरुले गरेको मेहेनत नेपालमा गर्ने हो भने, देश केही बर्षमा समृद्ध बन्छ ।
देशलाई केही बर्षमा समृद्ध बनाउनका लागि पर्यटन बर्ष समेत नेपाल सरकारले घोषणा गरेको परिपेक्ष छ, अब तपाईहरु समेत नेपाल आउनु र अन्य बिदेशीलाई समेत नेपाल पुराउन सहयोग गर्नुहोस, मेयर शाहले आग्रह गर्दै भने नेपालको बिकासको मेरुदण्ड पर्यटन समेत हो । मेयर शाहले तिन तहका सरकार संचालनका लागि संबिधानमा उल्लेख भए अनुसार धेरै कानुन परिर्माजन भएर केही समय खर्च भएको भएपनि अब बिकासको यात्रा नरोकिने तर्फ संकेत गरेका छन् ।
प्रवासमा रहेका नेपालीहरुले नेपालको मौलिक कला संस्कृतिको समेत संरक्षण गरेकोमा खुसी व्यक्त गर्दै, उनले यसलाई निरन्तरता दिनुपर्ने उल्लेख गरेका छन् । मेयर शाह न्यूयोर्कमा आयोजना भईरहेको प्रथम मिथिला महोत्सवको उद्घाटनका लागि अमेरिका आएका थिए । उनले यसक्रममा बिभिन्न राज्यका निर्वाचित पदाधिकारीलाई समेत भेटेर अनुभव आदान प्रदान गरेका छन् ।