अछाममा चट्याङ्ग लागेर एकको मृत्यु १३ घाइते


प्रकाशित मिति : चैत्र २६, २०७५ मंगलबार

अछामको पञ्चदेवल विनायक नगरपालिकाका दुई वडामा सोमबार राती चट्याङ्ग पर्दा एकको मृत्यु सहित १३ जना घाइते भएका छन् । सो नगरपालिकाको वडा नम्बर ७ पुल्लेतोलामा परेको चट्याङ्गबाट उक्त वडा निवासी जनक रावलको घटनास्थलमै ज्यान गएको हो भने अन्य १० जना घाइते भएका छन् ।

सोही नगरपालिका वडा नम्बर १० को बारलामा परेको चट्याङ्गबाट दुई महिला सहित तीन जना घाइते भएको वडा अध्यक्ष तारा खनालले जानकारी दिनुभयो । तीनै जनाको टाउकोमा चोट भएका कारण गम्भीर घाइते भएको अध्यक्ष खनालको भनाइ छ ।

पुल्लेतोलाका घाइतेहरुको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । १० जना घाइते मध्येमा धर्म र गोविन्द रावललाई अन्य भन्दा गाह्रो अवस्था भएको स्थानीय जनक बटालाले जानकारी दिनुभयो।

यता बारलामा घाइते भएका तीन जनालाई थप उपचारका लागि उपचारका लागि सुर्खेत लीदै गरिएको अध्यक्ष खनालले जानकारी दिनुभयो । दुवै स्थानमा सोमबार राती करिब सात बजेतिर चट्याङ्ग परेको बताइेको छ । गएको माघ महिनामै पुल्लेतोलामा चट्याङ्गबाट एक मृत्यु सहित १७ घाइते भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com