बीस वर्षमुनिका ४ सय किशोरी गर्भवति


प्रकाशित मिति : चैत्र २५, २०७५ सोमबार

तुलसीपुर उपमहानगरपालिकामा बालविवाह न्यूनीकरणका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरे पनि प्रभावकारी हुनसकेको छै्न् । उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाको तथ्याङ्क अनुसार उपमहानगरमा २० वर्ष भन्दा मुनिका ३७५ गर्भवती भएका छन् ।

यो तथ्याङ्क हेर्दा अझै पनि बालविवाह न्यूनीकरण नभएको पाइएको महाशाखाका जनस्वास्थ्य निर्देशक बिमल केसीले बताउनुभयो । “अझै पनि तुलसीपुरमा बालविवाह न्यूनीकरण हुनसकेको छैन्”, उहाँले भन्नुभयो, “चालु आर्थिक वर्षको आठ महीनामा ३७५ किशोरी गर्भवती जाँच गर्न आएका छन् ।

”साथै चालु आवमा २० वर्ष भन्दामुनिका १७ ले गर्भपतन गराएका छन् । त्यस्तै २० वर्षभन्दामुनिका ११ पिल्स, १८३ ले डिपो, ८२ ले इम्पलान्ट, आठ जनाले आइयुसिडी प्रयोग गरेका बताइएको छ । कानूनले महिला र पुरुषको विवाह गर्ने निश्चित् उमेर तोकेको छ ।

तर नेपालमा अझै पनि डरलाग्दो रूपमा बालविवाहको हुने गरेको यो तथ्याङ्कले देखाएको छ । तुलसीपुरमा बालविवाह न्यूनीकरणका लागि घर–घरमा प्रमुखको पत्र, सचेतनामूलक नाटक, अन्तक्र्रिया, पुजारीलाई सचेतना प्रदान गरेपनि अझै बालविवाह न्यूनीकरणमा कमी हुन नसकेको तथ्याङ्कले देखाएको छ ।

अस्पतालमा बच्चा जन्माउने बढे महाशाखाको तथ्याङक अनुसार अस्पताल गएर गर्भवती हुनेको सङ्ख्या भने बढ्दै गएको पाइएको छ । उहाँका अनुसार चालु आर्थिक वर्षको अहिलेसम्म एक हजार २८९ जना महिला अस्पताल गएर गर्भवती भएका छन् ।

सोमा एक हजार ८२सामान्य, १४ को उल्टो बच्चा भएको, भ्याकुममार्फत ११, अप्रेसन गरेर ७७ र जन्मेकामध्ये आठको मृत्यु भएको छ । एकदमै कम तौल (१.५ केजी) भएका बच्चा पाँचजना जन्मिएका उहाँले बताउनुभयो ।

त्यस्तै उहाँले १.५ केजी देखि २.५ केजी तौल भएका बच्चा ११९ र सामान्य तौल (२.५ केजिदेखि माथि ) भएका बच्चा एक हजार १६० जन्मिएका बताउनुभयो । साथै उपमहानगरपालिका र अस्पतालले तुलसीपुरमा प्रोत्साहनस्वरुप रु पाँच हजार भत्तावितरण गरेको भए पनि अझै पनि नियमित जाँच गराउन नआउने गरको उहाँले जानकारी दिनुभयो । धेरै महिलाले स्तनपान नगराउने तथा उमेर नपुग्दै बच्चालाई खाना खुवाउने गरेको पाइएको समेत उहाँले बताउनुभयो ।

बच्चालाई दुई वर्षमा २४ पटक तौल जाँच गर्नुपर्ने भए पनि अहिले पनि त्यसो नगरेको पाइएको उहाँको भनाइ छ । साथै उहाँले अहिले उपमहानगरका १९ वटै वडामा स्वास्थ्यको पहुँच भए पनि आवश्यक जनशक्ति नहुँदा समस्या हुने गरेको बताउनुभयो ।

अन्धविश्वासको भर उपमहानगर स्वास्थ्य महाशाखा प्रमुख डा गोकर्ण दाहालले अझै पनि वैज्ञानिक आधारबिनाको उपचार पद्दतिले जरो गाडिरहेको बताउनुभयो । “अहिले पनि मुटुका बिरामीलाई परेवाको दिशा खुवाउने चलन कायमै छ”, उहाँले भन्नुभयो, “यस्तो उपचार पद्दतिले बिरामीलाई नोक्सान पु¥याउछ ।

” अझै पनि थारु समुदायमा गुरुवाले सर्पले टोकेका बिरामीको उपचार गर्ने गरेको उहाँले बताउनुभयो । केही थारु समुदायमा गरिएको सर्वेक्षणमा खानपिनमा ध्यान नदिने, शारीरिक ब्यायाममा ध्यान नदिने गरेको पाइएको डा दाहालले बताउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com