नौ महिनामा ४४ जनाले गरे आत्महत्या


प्रकाशित मिति : चैत्र २५, २०७५ सोमबार

यस वर्षको नौ महिना अवधिमा हालसम्ममा ४४ जनाले आत्महत्या गरेका छन् । चालु आर्थिक वर्षको हालसम्म सप्तरीमा महिला २३ र पुरुष २१ गरी कुल ४४ जनाले आत्महत्या गरेको सप्तरी प्रहरीले जनाएको छ ।

पछिल्लो फागुन र चैत महिनामा मात्र झुण्डिएर र विष सेवनगरी १५ जनाले ज्यान गुमाएका छन । तीमध्ये ११ पुरुष र चार महिलाले ज्यान गुमाएको तथ्याकंमा उल्लेख रहेको प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनभयो ।

जिल्लामा आत्महत्याको घटनामा वृद्धि भैरहेको बेला अैतबार थप एक यूवाले आत्महत्या गरेका छन् । छिन्नमस्ता गाउँपालिका वडा नं. १ निवासी २१ वर्षिय घनश्याम यादवले आत्महत्या गरेका हुन् । आफ्नै घरदेखी पश्चिममा रहेको शिरिषको रुखमा झुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

स्विटरको पासो लगाई झुण्डिएर मृत अवस्थामा फेला परेको यादवको शव स्थानीय गजेन्द्रनारायण सिंह सगरमाथा अंचल अस्पतालमा पोष्टमार्टम गरिएको छ । प्रहरीका अनुसार आत्महत्याका अधिकांश घटना प्रेम प्रसंगसँग जोडिएको अनुसन्धानमा खुलेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गरिबी, निराशा, घरायसी तनाव, परीक्षामा असफलता लगायतका कारणहरु पनि आत्महत्या गरेको अनुसन्धानमा पाइेको छ ।

उपचारका लागि पैसाको जोहो गर्न नसक्दा र ऋणको भार थेग्न नसक्दा चिन्ताले पनि आत्महत्याको बाटो रोज्ने गरेको संख्या उल्लेृख्य मात्रामा रहेको छ ।गोरखापत्र दैनिक

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com