नेतालाई एक्लाएक्लै मनाउने प्रयासमा ओली–प्रचण्ड


प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार

एकीकरण प्रक्रिया ११ महिनासम्म अल्झिएपछि नेकपाका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रचण्डले जिल्लाको नेतृत्व टुंग्याउन सचिवालयको शीर्ष नेताहरुसँग छुट्टाछुट्टै छलफल सुरु गरेका छन् ।

नेताहरुलाई अलगअलग भेटेर जिल्ला नेतृत्वको सूचीमा सहमत गराउने र त्यो सूची सचिवालयबाट पारित गर्ने तयारी अध्यक्षद्वयले तयारी गरेका छन् ।

त्यसका लागि उनीहरुले आइतबार सचिवालय सदस्य वामदेव गौतमसँग प्रधानमन्त्रीनिवास बालुवारमा छलफल गरे ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com