अमेरिकाको होमल्याण्ड सेक्युरिटी सेक्रेटरी निल्सेनले पद छाड्दै, केभिनलाई नियुक्त गरिने
प्रकाशित मिति : चैत्र २४, २०७५ आईतबार

अमेरिकाको होमल्याण्ड सेक्युरिटी सेक्रेटरी क्रिस्चेन निल्सेनले पद छाड्ने भएकी छिन् । उनलाई सन् २०१७ मा यो पदमा नियुक्त गरिएको थियो ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीटमार्फत निल्सनले पद त्याग्न लागेको पुष्टी गरेका छन् । उनको स्थानमा केभिन म्याकअलिनानलाई नियुक्त गरिने जनाईएको छ । केभिन अमेरिकाको कस्टम एण्ड बोर्डर प्रोटेक्सनमा कमिश्नर रहेका छन् ।
आईतबार बेलुका ५ बजे ट्रम्प र नेल्सनबीच भेटवार्ता तय भएको थियो । जसमा निल्सेनले अध्यागमन र सिमाबारे छलफल गर्ने योजना बनाएकी थिइन् । बैठकमा प्रवेश गर्दा राजिनामाको कुनै योजना नरहेपनि ट्रम्पको प्रस्तुती अनुशार राजिनामाको प्रस्ताव आउनसक्ने अनुमान गरिएको थियो ।