कुनै हालतमा अब पार्टी एकता हुन्नः कमल थापा


प्रकाशित मिति : श्रावण २५, २०७३ मंगलबार

राप्रपा नेपालका अध्यक्ष कमल थापाले कुनै पनि हालतमा आफ्नो पार्टीले राप्रपासँग पार्टी एकता नगर्ने बताउनुभएको छ ।
मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले रापप्राका अध्यक्ष पशुपति समशेर राणाले राजनीतिक बेइमानी गरेको आरोप लगाउनुभयो । एक पक्षीय निर्णय गर्दै आफूहरूसँग झुट बोलेको भन्दै थापाले राप्रपासँगको पार्टी एकीकरण अध्याय समाप्त भएको दावी गर्नुभयो ।

पार्टी एकताको अन्तिम चरणमा आएर राप्रपा सरकारमा गएपछि राप्रपा नेपलले त्यसको विरोध गरेको हो । पार्टी एकीकरणका लागि तयार गरिएको विधानमा राणाले भनेजस्तो कुनै विवाद नभएको भन्दै अध्यक्ष थापाले जानाजान पार्टी एकतालाई असफल पारिएको आरोप लगाउनुभयो । पार्टी एकीकरण हुन नदिन अदृश्य शक्तिको हात रहेको उहाँले आरोप लगाउनुभयो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com