नयांशक्ति पार्टी ‘नयां’ थपेर काठमाडौँमा खुल्ने म:म पसल होईन : डा. बाबुराम भट्टराई


प्रकाशित मिति : चैत्र २३, २०७५ शनिबार

नयांशक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले सरकारले हालै सम्पन्न गरेको लगानी सम्मेलनको नयां शक्ति पार्टीले स्वागत गरेपनि सार्थक नभएको टिप्पणी गर्नु भएको छ ।

नयां शक्ति पार्टीले आज बुटवलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै संयोजक भट्टराईले लगानी सम्मेलनमा देश बिदेशका मन्त्री वा प्रतिनिधी भेला हुंदैमा सम्मेलन सफल भएको मान्न नसकिने बताउनु भयो । उहांले राष्ट्रको आन्तरिक अवस्था सुदृढ गर्दै लगानीको बिश्वास बनाउन सके मात्र सम्मेलनले सार्थकता पाउने बताउंदै ब्यापार घाटा बढेको तथा बजेट कार्यान्वयन हुन नसकेको सरकार आफैले स्विकार गरेको अवस्थालाई सकारात्मक मान्न नसकिने बताउनु भयो ।

उहांले बिश्व समुदायमा एक दलिय परम्पराबादी कम्युनिष्ट राजनितीको सान्दर्भीकता सकिएको चर्चा गर्दै सत्तारुढ नेकपालाई कम्युनिष्ट नाम परिवर्तन गर्न सुझाव दिनु भयो । नितीमा सर्वहारा अधिनायकत्व त्याग्दै सम्पत्तीमा निजी स्वामित्वलाई स्विकार गरेपछि कम्युनिष्ट नाम राख्नुको अर्थ नरहने उहांको भनाई छ ।

उहांले बिश्वको वस्तुगत अवस्था र नेपालको राजनितीक बिश्लेषण गरि नयां शक्ति पार्टी गठन भएको बताउंदै बजारमा नयां नाम जोडेर मःम पसल जस्तो नयां पार्टी नबनेको स्पष्ट पार्नुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सत्तामा रहेका दलहरु बाहेकका दलहरुसंग संयुक्त मोर्चा बनाएर अधिकार प्राप्तीका लागि संघर्ष गर्न आफुले पहल गरिरहेको बताउंदै नेता भट्टराईले पार्टीले गर्ने संघर्ष शान्तिपुर्ण र अहिंसात्मक हुने बताउनु भयो । बिप्लप नेतृत्वको नेकपाले भने जस्तो हिंसात्मक आन्दोलनको औचित्य नभएको उहांको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com