पौडी खेल्दा यति धेरै फाईदा


प्रकाशित मिति : चैत्र २३, २०७५ शनिबार

स्विमिङ अर्थात् पौडीलाई व्यायामको गतिलो माध्यमका रूपमा लिइन्छ । पौडी यस्तो ‘एरोबिक वर्कआउट’ हो, जुन शरीरका कुनै पनि अंगको ‘ड्यामेज’ विना नै सम्पन्न गर्न सकिन्छ । बुढाबुढीदेखि कम उमेरका मानिसले पनि सजिलै स्मिमिङ गरेर फाइदा लिन सक्छन् ।

विशेषगरी, खेलाडीले पौडीलाई इन्जुरीपछिको रिकभरीका लागि प्रयोग गर्न सक्छन् । ती खेलाडी स्विमिङकै माध्यमले फिट हुन सक्छन् र पुरानै लयमा फर्कन सक्छन् । उनीहरूको चाँडो रिकभरीका लागि कुनै उपकरण चाहिन्न, मात्र नीलो, गहिरो पोखरीमा डुबुल्की मार्दा पुग्छ । पौडीका लागि उपयुक्त समय (गर्मी मौसम) पनि सुरु भइसकेको परिपेक्षमा अब जानौं यसका फाइदाबारे ।

 मांसपेशीमा शक्ति र तीव्रता
पौडिँदा धेरै शक्ति खर्चिनुपर्छ । यसले समग्र शरीरकै एक्सरसाइज हुन्छ । जसले मांसपेशीमा तागत अझ बढ्छ । धावकले आफ्नो खुट्टाको ‘बिल्डअप’ गर्ने हो भने स्विमिङ गर्न आवश्यक हुन्छ । पानी आफैँमा एउटा शक्ति हो । यसमा तैरिँदा मांसपेशीका धेरै समूह सक्रिय हुन्छन् ।

 हड्डी ठूलो र बलियो
पौडीका माध्यमले बोनमासमा असर गर्छ भन्दा केही समयअघिसम्म अनुसन्धानकर्ताहरू नाक खुम्च्याउँथे । उनीहरू खालि स्विमिङले शरीरको तौल घटाउँछ भन्ने कुरामा मात्र विश्वस्त थिए । तर, पछिल्लो अनुसन्धानले पत्ता लाग्यो कि स्विमिङले ‘बोन मिनरल डेन्सिटी’ र ‘फेमोरल बोन’ दुवैलाई नियन्त्रण गर्छ । यसो हुँदा शरीरका हड्डीमा वृद्धि हुन मद्दत पुग्छ र मजबुत पनि हुन्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 शरीर लचकदार 
पौडी खेल्दा तपाईंको शरीर पानीका माध्यमबाट फैलिने, बटारिने, घुम्ने आदि हुन्छ । तपाईंका घुँडा पखेटासमान पौडिन्छन् । हातले बाँकटे हान्नुहुन्छ । किक हान्दा हरेक अंगमा दबाब उत्पन्न हुन्छ । यस्ता क्रियाकलाप केही समय चल्दा शरीर लचकदार बन्छ ।
 मुटुलाई फाइदा
स्विमिङले हृदयलाई फाइदा गर्छ । धमनीलाई सशक्त बनाउँछ । अन्ततः यसले मुटुलाई फाइदा पु¥याउँछ । मुटुलगायत शरीरका संवेदनशील भाग सुन्निएको अवस्थामा पनि नियमित स्विमिङ गरे ठीक हुँदै जान्छ ।

 अनावश्यक क्यालोरी खर्च गराउँछ
स्विमिङबाट शरीरको क्यालोरी खर्च हुन्छ । यसको माध्यमले दौडिएभन्दा पनि बढी क्यालोरी खर्च हुन्छ । उदाहरणका लागि बे्रस्टस्ट्रोक १० मिनेट स्विमिङ गर्दा ६० क्यालोरी खर्च हुन्छ । ब्याकस्ट्रोकबाट ८०, फ्रिस्टाइलबाट १०० र बटरफ्लाईबाट १५० क्यालोरी खर्च हुन्छ । जबकि १० मिनेट रनिङ गर्दा १०० क्यालोरी मात्र खर्च हुन्छ । त्यसकारण ३० मिनेट बटरफ्लाई स्पिड स्विमिङले १५० भन्दा धेरै क्यालोरी खर्च गर्छ । यो ३० मिनेटमा पाँच किमि दौडिएसरह हो ।

 दमका रोगीलाई उपयोगी
पौडी खेल्दा हामीले अन्य अवस्थामा भन्दा ओसिलो अक्सिजन प्राप्त गर्छौं । यस्तो हावा फोक्सोका लागि अतिउपयुक्त हुन्छ । तसर्थ, स्विमिङ गर्ने मानिसलाई हतपत दमको रोग लाग्दैन । स्वच्छ हावाका लागि दमका रोगीले पनि स्विमिङ गर्न जरुरी छ ।

 थकान र मानसिक चिन्ता नियन्त्रण
धेरै मानिस सहमत छन् कि स्विमिङले मानिसको दिमागमा अर्कै किसिमको तरंग पैदा गर्छ । यसले ह्यापी हर्मोन उत्पादन गर्ने अनुसन्धनकर्ताको दाबी छ । यसले योगसरहको लाभ प्राप्त गर्न सकिन्छ । स्विमिङले शरीरमा एकरूपताको शक्ति प्रदान गर्छ । यसले थकान मेट्न मद्दत गर्छ । पौडी दौरान अर्कै संसारमा पुग्नुहुन्छ । त्यसैले, मानसिक चिन्ता स्वतः कम हुन्छ ।

 नुनिलो पानी छालाका लागि उपयोगी
तपाईं नुनिलो पानी भएको ठाउँमा वा समुद्रमा स्विमिङ गर्नुहुन्छ भने यसले तपाईंको छालालाई फाइदा गर्छ । नुनिलो पानीले नयाँ कोष (सेल) पैदा गर्न मद्दत गर्ने र यसले सौन्दर्य वृद्धिमा पनि सघाउने अनुसन्धानकर्ताको दाबी छ ।

 स्मार्ट बनाउँछ
अस्ट्रेलियामा भएको एक अनुसन्धानअनुसार स्विमिङ गर्ने बच्चा अन्यको तुलनामा तेजिलो भएको पाइएको छ । जो बच्चा नियमित स्विमिङ गर्छन्, उनीहरूमा भाषाको विकास, मोटर कुदाउने सीप र आत्मविश्वासको स्तर पनि बढी भएको पाइयो । साथै, उनीहरूको शारीरिक विकास पनि अन्यको भन्दा चाँडै भयो ।

 आयु बढाउँछ
नियमित व्यायामले सु–स्वास्थ्य तथा दीर्घायु प्राप्त हुन्छ । अनुसन्धानअनुसार पौडी यसका लागि सबैभन्दा उत्तम हो । साउथ क्यारोलिना विश्वविद्यालयको एउटा अनुसन्धानले पुष्टि गरेअनुसार स्विमिङ गर्नेको आयु अरूको भन्दा लामो भएको पाइयो ।
एजेन्सीको सहयोगमा  

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com