अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्छ : स्वास्थ्यमन्त्री यादव


प्रकाशित मिति : चैत्र २३, २०७५ शनिबार

उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले अंगिकृत नागरिकता दिने प्रावधान हटाउनुपर्ने बताएका छन् । विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले विदेशी नागरिकलाई अंगिकृत नागरिकता दिने व्यवस्था बन्द गरी नेपाली नागरिकलाई सहज र सरल रूपले नागरिकता उपलब्धता हुने व्यवस्था मिलाउनुपर्ने बताए ।

संघीय समाजवादी फोरम नेपाल अध्यक्षसमेत रहेका यादवले नागरिकतालाई राजनीतिक एजेण्डा नबनाउन आग्रह गर्दै नागरिकता वितरणमा ‘लैङ्गिक विभेद’ कायम रहेको उल्लेख गरे ।

अर्को प्रसंगमा उनले संविधान संशोधन गरी न्याय परिषद्को संरचनामा परिवर्तन गर्नुपर्ने आवश्यकता औंल्याए । परिषद्को गठन प्रक्रिया पुरानो र त्रुटीपूर्ण रहेकाले राजनीतिक कार्यकर्ताको पहुँच पुग्ने अवस्था रहेको उल्लेख गर्दै संरचना परिवर्तन आवश्यक रहेको उनले बताए ।

न्यायपालिकाको गरिमा, विश्वसनीयता बृद्धि गर्न, निष्पक्ष तथा स्वतन्त्रता कायम गर्न सङ्घीय लोकतान्त्रिक गणतन्त्र अनुकलको संरचना निर्माण गर्नुको विकल्प नभएको उनको भनाई थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

विप्लव नेतृत्वको नेकपालाई निषेध गर्नुको कारण राज्यले जनताको जीउधनको सुरक्षा गर्ने प्रमुख जिम्मेवारीबोध गरेको उनले स्पष्ट पारे । विप्लव समूहको माग स्पष्ट नभएको उल्लेख गरे । वर्तमान संविधानले सबैलाई माग राख्ने अधिकार दिएकाले हतियार बोकेर जनता त्रसित पार्नुको औचित्य नरहेको उनको भनाइ थियो ।

सिके राउतकोे समूहबाट तराईका जनताको हकअधिकार स्थापित नहुने पनि यादवले बताए । मधेसवादी दलबीच एकताको प्रसंगमा उनले राष्ट्रिय जनता पार्टीसँग एकता अखबारको पानामा मात्र सिमित रहेको तर, कुनै छलफल र चर्चा पार्टीभित्र नचलेको स्पष्ट पारे ।

रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com