डिभोर्स गरेपछि श्रीमानले काटे पूर्व पत्नीको जिब्रो
प्रकाशित मिति : चैत्र २२, २०७५ शुक्रबार

पाकिस्तानमा एकजना पुरुषलाई आफ्नी श्रीमतीसँग डिभोर्स गरेपछि श्रीमतीको जिब्रो काटिदिएका छन् । लाहोरभन्दा केही टाढा रहेको एक गाउँका बासिन्दा ती पुरुषले डिभोर्स गरेलगत्तै आफ्नी पूर्वपत्नीको जिब्रो काटेका हुन् ।
हाफिजाबाद जिल्लाको पिँडी भट्टिया गाँउका जहाँगिर नामका ती पुरुषले डिभोर्सपछि पूर्व पत्नीसँगको विवादमा गत शनिबार भूपू ससुरालीमा पुगे । जिब्रो काट्ने योजना बनाएर गएका ती पुरुषले पूर्व पत्नीमाथि आक्रमण गर्दै गोजीमा रहेको कैँची निकालेर पूर्व पत्नीको जिब्रो काटिदिएका हुन् ।
जहाँगिर नामका ती पुरुषले जिब्रो काटिदिएकी महिलाको नाम नसरीन हो । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो । ती पुरुषमाथि हत्याको कोसिस गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ । तर आरोपी भने फरार रहेका र उनको खोजी भइरहेकोडेलीमेलले जनाएको छ ।एजेन्सी