काठमाडौंको लाजिम्पाटमा आगलागी ,एकको मृत्यु , २ जना घाइते
प्रकाशित मिति : चैत्र २२, २०७५ शुक्रबार

काठमाडौंको लाजिम्पाटमा नील सरस्वती चैत्य मार्गमा धर्म महर्जनको ३ तले घरमा आगो लाग्दा एक जनाको मृत्यु भएको छ ।
आगो लाग्दा भाडामा बस्ने अन्दाजी ४० वर्षका भेषबहादुर थापाको निसासिएर मृत्यु भएको हो । आगोमा परेर २ जना घाइते भएका छन् ।
आगलागीमा बर्दिया राजापुर ९ का विवेक शाही र उनकी श्रीमती गंगा घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार बिहान १ बजे घरमा आगो लागेको थियो ।