उमेर नपुग्दै किन झर्छ पुरुषको कपाल ?


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

उमेर बढ्दै गएपछि पुरुषको मात्र नभएर महिलाको समेत कपाल झर्न थाल्छ । यो प्रक्रियालाई सामान्य नै मानिन्छ । यद्यपि, पछिल्लो समयमा उमेर नपुग्दै कपाल झर्ने समस्या भएका पुरुषको संख्या बढ्दो छ । कपाल झर्नु (तालुपना) आफैँमा रोग भने होइन । तर, कपाल झर्नु पुरुषका लागि टाउको दुखाइ बनिरहेको छ ।

कारण 
-पुरुषमा कपाल झर्नुको मुख्य कारण वंशानुगत गुण हो । यद्यपि, यो सबैमा देखिन्छ भन्ने हुँदैन ।

-पुरुषको तालुमा हुने एउटा इन्जाइमले टेस्टोस्टेरोन हर्मोनलाई डिएचटीमा परिवर्तन गरिदिन्छ । जसका कारणले कपाल झर्न सुरु गर्छ ।

सामान्यतया २० -वर्षभन्दा माथिका पुरुषमा टेस्टोस्टेरोनको मात्रा बढ्दै जाँदा कपाल झर्ने क्रम सुरु हुन्छ । यसको प्रभाव बढी तालुमा देखिन्छ ।

-पुरुषमा टेस्टोस्टेरोन हर्मोन तीव्र गतिमा बढ्न थालेपछि कालो र बाक्लो कपाल विस्तारै झर्न सुरु गर्छ ।

-दैनिक काम वा अन्य विभिन्न कारणबाट उत्पन्न हुने तनावले कपाल झर्ने गर्छ ।

-धूम्रपान गर्दा पाइने निकोटिनका कारण रक्तनली खुम्चिन्छ । अनि, शरीरमा अक्सिजनको मात्रा कम भई कपाल झर्छ । त्यस्तै, मद्यपान गर्ने अधिकांश -पुरुषमा टक्सिनको मात्रा बढ्ने, आइरन र जिंक कम हुने हुन्छ । फलस्वरूप कपाल झर्छ ।

-अधिकांश पुरुष फरक स्टाइल दिने नाममा कपाल रंग्याउने गर्छन् । यसरी प्रयोग गरिने विभिन्न रसायनयुक्त वस्तुका कारण कपाल टुक्रिएर झर्ने हुन्छ ।

-व्यस्त जीवनशैलीका कारण अधिकांश पुरुषलाई जंक फुड खाने बाध्यता छ । यस्ता अस्वस्थ खानेकुरा खाँदा कपाल स्वस्थ रहन आवश्यक आइरन, जिंक, क्याल्सियम आदिको कमी हुन्छ र कपाल झर्ने हुन्छ ।

डा. धर्मेन्द्र कर्ण ,छाला तथा सौन्दर्य विशेषज्ञ धुलिखेल अस्पताल
© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com