बलात्कारीलाई जन्मकैद हुने


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

१० वर्षभन्दा कम उमेरकी बालिका र ७० वर्ष पुगेका वृद्धामाथि बलात्कार गर्नेलाई जन्मकैदको व्यवस्था गरिएको छ । संघीय संसद्बाट पारित मुलुकी अपराध संहिता २०७४ सम्बन्धी संसोधन विधेयकमा पहिलेको सजायमा थप गर्दै जन्मकैदको व्यवस्था गरिएको हो ।

यसअघि यो कसुरमा २० वर्षसम्म कैद सजायको व्यवस्था गरिएको थियो । १० वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपांगता भएका वा ७० वर्षभन्दा बढी उमेर पुगेका महिलालाई बलात्कार गर्नेलाई जन्मकैद हुने व्यवस्था गरिएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com