टेक्सासमा कार्यस्थलमा एकदशकयताकै ठूलो अध्यागमन छापा, २८० बढी कागजपत्रविहिन पक्राउ


प्रकाशित मिति : चैत्र २१, २०७५ बिहीबार

उत्तरी टेक्सासको टेलिकम्युनिकेशन मर्मत कम्पनीमा अमेरिकी अध्यागमनको छापामा २८० भन्दा धेरै कामदारहरु पक्राउ परेका छन् । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले काम गर्ने स्थानमा एकदशक यताकै सबैभन्दा ठूलो छापा मारेको जनाइएको छ ।

आइसको होमल्याण्ड सेक्युरिटी इन्भेस्टिगेशनका विशेष एजेन्ट क्याट्रिना बर्जरले यो आफूहरुका तर्फबाट कार्यस्थलमा गरिएको १० बर्षयताकै सबैभन्दा ठूलो छापा भएको पुष्टी गरेकी हुन् । कागजपत्रविहिनहरुलाई काममा लगाएको सुचना पाएपछि एजेन्सीले जनवरीदेखि नै अनुसन्धान सुरु गरेको उनले बताएकी छिन् ।

कम्पनीले जानाजान कागजपत्रविहिनहरुलाई काममा राखेको र कतिपयले नक्कली कागजात पेश गरेको जनाइएको छ । कागजपत्रहरुलाई नियन्त्रणमा लिएपछि उनीहरु आफूहरु अमेरिका छाडेर आफै स्वदेश फर्कन चाहेको भन्दै रोइकराई गरेका थिए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

छापामार्ने क्रममा कम्पनीको मालिक वा मेनेजरलाई नियन्त्रणमा लिइएको वा नलिइएकोबारे केही बताइएको छैन । पक्राउ परेका कागजपत्रविहिनहरुलाई भने औठाछाप लिएर देशनिकालाको प्रकृयामा लगिने जनाइएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com