नरगपालिकाकाे कम्प्युटरमा दिनभरी तास खेल्दै अधिकृतकी छोरी


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

सुनसरीको दुहबी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको कुर्सीमा मंगलबार दिनभर एक बालिका कम्प्युटरमा तास खेल्दै बसेकी थिईन । यो दृष्य देखेर कार्यालयका कर्मचारीहरूले देखेर पनि नदेखे झै गरिरहेका थिए ।

अधिकृत ओझाको कुर्सीमा मंगलबार दिनभर ति बालिका कम्प्युटरमा तास खेल्दै बसिरहेकी थिइन । पछि बुझ्दा उनि प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको छोरी रहेछिन् ।

काठमाडौबाट स्कुल बिदा मनाउन अधिकृतकी छोरी खुशी ओझा दुहबी आएकी रहेछिन् । अधिकृतले छोरीलाई कार्यालयमा छाडेर बाहिर गएका रहेछन् । सो क्रममा छोरीले ‘टाईम पास’ गर्न उनको कार्यकक्षको कम्प्युटर खोलेर चिप्स खादै तास खेलेकी रहेछिन् ।

केही सेवाग्राहीले भने उनले तास खेलिरहेको दृष्य कैद गर्दा पनि ति बालिकालाई कुनै वास्ता थिएन । लागथ्यो उनि आफ्नै घरमा कम्प्युटर चलाइरहेकी छिन् ।

उनलाई कार्यालयमा आउने सेवाग्राहीले सोध्दा ‘बाबाले नै खोल्नु’ भनेर भनेको बताईन । अधिकृतको कार्यकक्षमा यस्तो दृष्य देखेपछि सेवाग्राहीले पदको दुरुपयोग भयाे भन्दै आक्राेसीत भएका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com