भीआईपीलाई सशस्त्रको लर्को


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सुरक्षामा गुडिरहेको पछुवा गाडीले स्कुटरलाई धक्का दिएपछि भीभीआईपीको सुरक्षा र उनीहरुका नाममा राज्यकोषबाट भइरहेको खर्चबारे चासो बढेको छ ।

जनताले बुझाएको करबाट पछुवा लिएर हिँड्ने भीभीआईपी सधैँ हतारमा हुने र सर्वसाधारणलाई बेवास्ता गर्ने प्रवृत्ति नयाँ होइन ।

भीभीआईपीका पछुवा सशस्त्र प्रहरी खटिएका हुन्छन् । भीभीआईपीलाई सुरक्षा दिनुपर्ने र सडक छिटो छिचोल्नुपर्ने बाध्यता सुरक्षाकर्मीको हुन्छ । यही कारण सशस्त्र प्रहरी बेलाबेलामा विवादमा आउने गरेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com