म आफ्नै लयमा फर्किएको छु : अनमोल केसी
प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

अनमोल केसी अभिनित फिल्म ‘ए मेरो हजुर ३’ चैत २९ गते रिलिज हुँदैछ । म्युजिकल लभ स्टोरीलाई लिएर अनमोल निकै उत्साहित छन् । झरना थापाको निर्देशन रहेको फिल्ममा अनमोल र सुहाना थापाको जोडीलाई देख्न सकिन्छ ।
उसो त अनमोलले एक्सन फिल्म ‘कृ’ र फुटबल सम्बन्धी क्याप्टेन फिल्ममा मुख्य भूमिकामा अभिनय गरे । चकलेटी व्योयको यी दुई फिल्मलाई आशा गरिएजति दर्शकको साथ मिलेन ।
यसलाई अनमोल केहि नयाँ गर्न खोच्जा बाटो बिराएको बताउँछन् । उनले ए मेरो हजुर ३ बाट सहि मार्गमा फर्किएको बताउँदै भने, ‘दर्शकले मलाई लभर ब्योयइको रुपमा रुचाउनु भएको थियो । बीचमा म अली भड्किए ।
कलाकारको नाताले केहि नयाँ गर्न खोजेको हो । तर दर्शकले खासै रुचाउनु भएन । यो फिल्ममा दर्शकले रुचाउनु भएकै भुमिकामा प्रस्तुत भएको छु । यसअर्थ म आफ्नै लयमा फर्किएको छु ।’
उनले आफ्नो भुमिका बारे प्रष्ट पार्दै भने, ‘यो फिल्ममा मेरो ४ वटा लुक्स छ । तर ट्रेलरमा दुईटा लुक्स मात्र देखाइएको छ । मेरो लागि यो नयाँ अनुभव पनि थियो र निकै चुनौति पनि थियो । पुरै टिमको सहयोगले त्यति गाह्रो महसुस गरिन् । यो फिल्म चल्छ भन्ने धेरै नै आशा छ ।’ अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना आफ्नै होम प्रोडक्सनबाट डेब्यु गर्दै छिन् ।
म्युजिकल लभ स्टोरी फिल्ममा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारको अभिनय रहेको छ । फिल्मलाई सुनिल कुमार थापाले निर्माण गरेका हुन् ।