हावाहुरीबाट २८ जनाको मृत्यु ६७८ जना घाइते (सम्पुर्ण विवरण)


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

आइतबार साँझ बारा र पर्सामा चलेको विनाशकारी हावाहुरीका कारण २८ जनाको ज्यान गएको पुष्टि भएको छ ।

गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले दिएको पछिल्लो जानकारीअनुसार बारामा २७ र पर्सामा १ गरी २८ जनाको ज्यान गएको हो ।

हावाहुरीका कारण ६७८ जना घाइते भएका छन् । बाराको कलैया उपमहानगरपालिको वडा नम्बर १२ र १८, फेटा गाउँपालिकाको वडा नम्बर १, ६ र ७ हावाहुरीबाट बढी प्रभावित भएको केन्द्रले जनाएको छ । यसैगरी बाराकै प्रसौनी गाउँपालिकाको वडा नम्बर ४ र ६, महागढीमाई नगरपालिकाको ७, देवताल गाउँपालिकाको ७, पचतौरा नगरपालिकाको ७ र २, परवानीपुर गाउँपालिकाको वडा नम्बर ४ र सुवर्ण गाउँपालिकाका वडा १, ४, ५ र ८ मा पनि हावाहुरीबाट जनधनको क्षति पुगेको छ ।

हावाहुरीले पर्साको वीरगञ्ज महानगरपालिकाको वडा नं १८ र २२ तथा बौदरमाई नगरपालिकाको वडा नं ४ पनि प्रभावित भएको छ ।

पर्सामा मात्रै १२२ वटा घरमा पूर्ण र ३८७ वटा घरमा आंशिक क्षति भएको छ । तीनवटा विद्यालय, तीनवटा उद्योग र दुईवटा मन्दिररमस्जिद पनि भत्किएका छन् ।

६७८ जना घाइतेमध्ये चारसय ४४ जना उपचारपछि घर फर्किएका छन् । अरु २३४ घाइतेहरुको बारा, पर्सा र काठकाण्डौका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com