नागरिकता सम्वन्धित ७७ ओटै जिल्लाम पठाएको यस्तो पत्र


प्रकाशित मिति : चैत्र २०, २०७५ बुधबार

गृह मन्त्रालयले नेपाल नागरिकता ऐन, २०६३, नेपाल नागरिकता नियमावली, २०६२ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका , २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्दा अपनाउनुपर्ने कार्यविधि अपनाई नागरिकता दिन परिपत्र गरेको छ ।

गृह मन्त्रालयका उपसचिव गंगाप्रसाद न्यौपानेले जारी गरेको परिपत्रमा भनिएको छ, “विद्यमान नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न पेश भएको विधेयक संघीय संसदमा विचाराधीन रहेको लामो समय भएको, सम्मानित सर्वोच्च अदालतबाट जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई कानुन बमोजिम नागरिकता दिन आदेश भएको र नागरिकका उमेर पुगिसकेका बालिग सन्तानले नागरिकता नपाएर आफ्नो शैक्षिक एवम् वृत्ति विकास गर्न नपाई झेलिरहनुपरेको समस्यालाई सम्बोधन गर्न आवश्यक भएकोले,

नेपालको संविधानको धारा ११ को उपधारा (३) को व्यवस्था बमोजिम जन्मको आधारमा नेपाली नागरिकता प्राप्त नागरिकका सन्तानले आफ्नो बाबु र आमाको नेपाली नागरिकताको प्रमाणपत्र संलग्न गरी नेपाली नागरिकता पाउन निवेदन दिएमा नेपाल नागरिकता ऐन, २०७३, नेपाल नागरिकता नियमावली २०६३ र नागरिकता प्रमाणपत्र वितरण कार्यविधि निर्देशिका, २०६३ बमोजिम वंशजको आधारमा नागरिकता प्रदान गर्न सकिने भनी यस मन्त्रालयबाट २०७५–१२–१९ मा मन्त्रीस्तरको निर्णय भएकोले निर्णयानुसार गर्नु हुन अनुरोध गर्दछु ।”

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com