प्रियंका चोपडा र निक जोनसबीचको सम्बन्ध बिच्छेद हल्लामात्रै
प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार

बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड पप गायक निक जोनस बिचको सम्बन्ध बिच्छेद बारे मिडियामा चलेको चर्चा हल्लामात्रै रहेको जनाइएको छ । प्रियंका र निकको सम्बन्धबिच्छेदको समाचार अमेरिकी म्यागाजिन ओके’ले प्रकाशित गरेको थियो ।
ओके म्यागाजिनका अनुसार ३६ वर्षीया अभिनेत्री प्रियंका र २६ वर्षीय निकबिच ससाना कुराहरु मतभेद आउन थालेपछि एक अर्का छुट्टिने तयारीमा लागेको समाचार प्रकाशित गरेको थियो । तर गलत समाचार प्रकाशित गरेको भन्दै उनीहरुले उक्त म्यागाजिनबिरुद्ध अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको जनाइएको छ ।
यसैबीच प्रियंकाले शोसल मिडियामा पारिवारीक तस्वीरहरु शेयर गरेर खवर सत्य नभएको संकेत गरेकी छिन् ।प्रियंकाले परिवारसँग रहेको फोटोहरू शेयर गरेपछि फोटोलाई हेरेर प्रियंका आफ्नो परिवारसँग खुसी रहेकी देख्न सकिन्छ ।