तराईमा दिउँसो तीनबजेपछि हावाहुरी चल्न सक्ने


प्रकाशित मिति : चैत्र १९, २०७५ मंगलबार

A thunderstorm rolls in over Sydney, Monday, Nov. 8, 2010. The Bureau of Meteorology issued a severe thunderstorm warning for Sydney and coastal NSW for heavy rainfall, large hailstones, flash flooding and damaging winds. (AAP Image/Dean Lewins) NO ARCHIVING

देशभरको मौसम मंगलबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पूर्वी क्षेत्र तथा मध्य क्षेत्रको पहाडी इलाकामा आंशिकदेखि सामान्य बदली हुने र देशका अरु क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद गंगा नगरकोटीले बताएकी छन् ।

बेलुका तिर पूर्वका थोरै तथा मध्य र पश्चिमका पहाडी इलाकाका एक–दुई ठाउँमा मेघ गर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । यस्तै हावाहुरी चल्ने सम्भावना पनि रहेको मौसमविद नगरकोटीले बताएकी छन् ।

विशेष गरि तराईका क्षेत्रमा दिउँसो तीनबजेपछि हावाहुरी चल्न सक्ने भएकाले सचेत रहनु पर्ने मौसमविदको भनाई छ । आइतबार बेलुका आएको हावाहुरीका कारण बारा र पर्सामा २९ जनाको ज्यान गएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आइतबार बेलुका चलेको हावाको गति कम्तिमा ५० नट्स अर्थात २५ मिटर प्रति सेकेण्डको रहेको जनाइएको छ । नजिकै मौसम पूर्वानुमान स्टेशनको अभाव तथा सुक्ष्म अध्ययन गर्ने प्रविधिको अभावका कारण पूर्वानुमान गर्न कठिन भएको मौसमविदको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com