बाला घिमिरे पर्यटनदूत


प्रकाशित मिति : श्रावण २५, २०७३ मंगलबार


खसोखास साप्ताहिक /  न्युयोर्क

अमेरिकाको शिकागो निवासी बाला घिमिरेलाई नेपाल सरकारको पर्यटन दूतमा नियुक्त हुनुभएको छ । नेपाल पर्यटन बोर्डको निर्णय अनुशार उहाँ पर्यटनदूतमा नियुक्त हुनुभएको हो । आफूलाई नेपाल पर्यटन वोर्डको निर्णय अनुसार अमेरिकाको सिकागो मै रहेर नेपालको पर्यटन प्रवर्धनमा भुमिका निर्वाह गर्ने गरी पर्यटन दुतको रुपमा नियुक्त गरिएको घिमिरेले जनाउनुभएको छ ।

बाला घिमिरे अमेरिकामा सफल व्यवसायी एवं चर्चित सामाजिक व्यक्तित्व हुनुहुन्छ । सामाजिक क्षेत्रमा सकृय भएवापत अमेरिकन एड्भाइजरी काउन्सिलको कम्युनिटी सर्भिस अवार्डदेखि बराक ओबामाबाट हस्ताक्षरित स्वयमसेवक अवार्ड प्राप्त गर्नुभएका घिमिरे एसियन कोर्निकल अमेरिकाबाट एसियन एक्जम्पलेरी सर्भिस अवार्डबाट पनि सम्मानित हुनुभएको थियो । शिकागो सिटीको ह्युमन रिलेशन कमिशनमा झण्डै पाँच वर्ष सेवा गर्नुभएका घिमिरे नेपालको प्रजातान्त्रिक आन्दोलनका साथै नेपालको पर्यटन प्रवद्र्धनमा पनि सकृय हुनुहुन्छ ।

एसोसिएसन अफ नेजलिज इन मिडवेष्ट अमेरिका, नेपलिज एसोसिएन इन साउथइष्ट अमेरिका, एसियन अमेरिकन एड्भाइजरी काउन्सिल लगायतका सामाजिक संस्थामा नेतृत्वदायी तहमा काम गरिरहनुभएका घिमिरे अमेरिकामा रहेका विभिन्न सामाजिक संस्थाहरुमा सल्लाहकार हुनुहुन्छ । डेढ दशक भन्दा लामो समयदेखि अमेरिकामा रहदै आउनुभएका घिमिरेले शिकागोमा रेष्टुरेण्ट व्यवसाय संचालन गर्दै आउनुभएको छ । भारतको ओस्मानिया विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र दिल्ली विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातक गर्नुभएका घिमिरेले नेपालमा महाभूकम्पपछि भूकम्पपीडितको सहयोगका लागि अमेरिकाबाट गर्नुभएको योगदान विशेष उल्लेखनीय छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घिमिरेको प्रतिबद्धता

पर्यटन दूतमा नियुक्त भइसकेपछि घिमिरेले भन्नुभयो – ‘कुनै प्रकारको अपेक्षा नराखेको अवस्थामा अचानक मलाइ नेपाल पर्यटन वोर्डको निर्णय अनुसार अमेरिकाको सिकागो मै रहेर नेपालको पर्यटन प्रवर्धनमा भुमिका निर्वाह गर्ने गरी पर्यटन दुतको रुपमा नियुक्त गरिएको कुरालाइ सहर्ष स्वीकार गर्दै सदाझैं नेपाल र नेपालीको हितमा क्रियाशील रहने निश्चय गरेको छु । समयको वहावसंगै हाम्रा परिचयहरु बदलिन सक्छन , जिम्मेवारी बदलिन सक्छन तर एउटा सत्य वदलिदैन । र त्यो सत्य के हो भने हामी सवैका सफलता हामी एकअर्का विचको सहकार्यमा निर्भर गर्छ , त्यसैले मैले प्राप्त गरेको यस जिम्मेवारीमा सफल हुन यहाँहरुबाट सदाझैं साथ, सहयोग र सहकार्य प्राप्त हुने अपेक्षा लिएको छु ।’

13912587_1248461701833210_1451489807545706787_nआफूलाई नेपाल राष्ट्रको पर्यटन प्रवर्धनमा योगदान गर्न सक्ने ठानेर जिम्मेवारी दिने नेपाल पर्यटन वोर्डको सिंगो टिमप्रति हार्दिक आभार प्रकट गर्दै उहाँले यस पदमा वहाल रहेसम्म कुनै पनि धर्म , जात, क्षेत्र, राजनीतिक आस्था वा अन्य कुनै प्रकारका आवाद्ध्ता वा निकटतालाई नभै नेपाल र नेपालीको हितलाइ केन्द्रमा राखेर काम गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।

सामाजिक व्यक्तित्व घिमिरेले भन्नुभयो  -‘मातृभुमि नेपालबाट हजारौं माइल टाढा यस कर्मघर अमेरिकामा रहिरहँदा पनि यहाँहरु सवैले जस्तै आफ्नो मातृभुमि प्रतिको मायालाइ कायम राख्दै आएको अनि त्यस प्रतिको जिम्मेवारी पनि सदैव वोध आएको यहाँहरुलाइ थाहानै छ । बिभिन्न संघ सँस्थाहरुको विभिन्न पदमा रहंदा होस वा पदमा नरहँदा नै किन नहोस मातृभूमि नेपाल र देश विदेशमा रहनु भएका नेपालीहरुको दुख सुखमा आफुलाइ एकाकार गर्दै आएको तथ्य पनि यहाँहरुलाइ थाहानै छ । गणतन्त्र स्थापनाको खुसियाली मनाउदाको समय होस वा पीडादायी विनाशकारी भुकम्पले निम्त्याएको महाप्रलयको सामनाको समय होस हामी संगसंगै उभिएको तथ्य पनि जगजाहेरनै छ । आफ्ना राजनीतिक आस्था, धर्म , क्षेत्र वा अन्य कुनै पनि प्रकारको आवद्धताले नेपालीनेपालीको विचमा बिभाजनको रेखा कोर्नु हुदैन भन्ने मान्यतामा सदैव दृढ रहेको छु ।’

‘जुनसुकै आस्था , धर्म , लिङ्ग , क्षेत्र , जातको भएपनि नेपाली आखिर नेपालीनै हौँ । र आफ्नो योग्यता , क्षमताले भ्यायसम्म जुनसुकै रुपमा भएपनि नेपाल र नेपालीहरुको हितको निम्ति आफुलाइ उपयोगी बनाउन पाउनु सौभाग्य हो भन्ने ठान्दछु । नेपाल र नेपालीको हितमा काम गर्ने अवसर आउँदा त्यो कुन पद , कस्ता सुविधा , र कस्तो पहिचान सहित आउँछ भनेर हिसाव किताव गर्ने गरेको समेत छैन । ‘-घिमिरेको भनाई छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com