आईजीपी सर्वेन्द्र खनाललाई सर्बोत्कृष्ट पुरस्कार


प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार

महालेखा परीक्षकको कार्यालयले प्रस्तुत गरेको २०७३/०७४ आर्थिक वर्षको बेरुजु रकम रु. ५ खर्ब आठ करोड रहेकाले त्यसको फछ्र्यौटका लागि नेपाल सरकारले मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा  बेरुजु फछ्र्यौट तथा अनुगमन समिति गठन गरेर बेरुजुको अंकलाई न्यूनतम्मा झार्ने अभियान थालेको छ । २०७३/०७४ को महालेखा परीक्षकको प्रतिवेदनले उल्लेख गरेको बेरुजु मध्ये गृह मन्त्रालय अन्तरगतका ८८४ कार्यालय मध्ये ३३९ कार्यालयहरुमा बेरुजु रकमको अंक २ अर्ब ३१ करोड ६६ लाख आठ हजार रहेको थियो ।

त्यसमा नेपाल प्रहरी अन्तरगतका ४४१ कार्यालय मध्ये १२९ कार्यालयहरुमा रु. ४९ करोड ५५ लाख ५३ हजार बेरुजु देखिएको थियो । गृह मन्त्रालय अन्तरगतको रु. २ अर्ब ३१ करोड ६६ लाख आठ हजार यो बेरुजु रकम तात्कालीन गृह सचिव नारायण गोपाल मलेगो(२०७३ साउन १ गतेदेखि २०७३ कात्तिक २० गते र अर्का तात्कालीन गृह सचिव  लोकदर्शन रेग्मी २०७३ मंसिर १ गतेदेखि २०७४ असार ३१ गतेसम्म रह“दा बेरुजु रकम रु २ अर्ब ५३ करोड ६८ लाख ९७ रहेको थियो ।

स्रोतका अनुसार, हालका मुख्यसचिव लोकदर्शन रेग्मीको नेतृत्वमा रहेको बेरुजु फछ्र्यौट तथा अनुगमन समितिले सरकारी बेरुजु फछ्र्यौट सम्बन्धी काम गरिरहेको छ । गृह मन्त्रालय  स्रँेतका अनुसार, प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको नेतृत्वमा रहेको नेपाल प्रहरी सम्पूर्ण सरकारी निकाय मध्ये ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल भएर सर्बोत्कृष्ट अंक प्रँप्त गरेको छ ।

बेरुजु फछ्र्यौटमा सर्बोत्कृष्ट अंक प्रँप्त गर्ने नेपाल प्रहरीका आईजीपी सर्वेन्द्र खनाल, प्रबन्ध तथा मानव स्रँेत विभाका प्रमुख तथा एआईजीपी ठुले राई, एसएसपी दीपक थापा, डीएसपी मदनकुमार थापा, प्रहरी निरीक्षक दिनेश तिमिल्सिना र प्रहरी जवान फनाधर खनाललाई गृह मन्त्रालयले पुरस्कृत गर्ने निर्णय गरेको गृह स्रोत बताउछ ।

[jetpack_subscription_form title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏" subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।" subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…" subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्" ]

गृह स्रोतका अनुसार, ८५.१४ प्रतिशत बेरुजु फछ्र्यौट गर्न सफल आईजीपी खनाललाई आठ हजार नगदसहित प्रशंसा पत्रद्वारा सम्मान गरिदैछ भने अन्य चारजना एसएसपी, थापा, डीएसपी थापा, इन्स्पेक्टर तिमिल्सिना र प्रहरी जवान खनाललाई ६÷६ हजार नगद तथा प्रशंसा पत्रद्वारा गृहसम्मान गर्ने निर्णय गृह मन्त्रालयले गरेको छ ।

साँघुबाट साभार

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com