धुर्मुस पुगे राहत सामग्री बोकेर हावाहुरी प्रभावित क्षेत्रमा


प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार

हाँस्य कलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) राहत सामग्री सहित हावाहुरी प्रभावित क्षेत्र बारा पुग्नु भएको छ ।

धुर्मुस–सुन्तली फाउण्डेसनको तर्फ बाट राहत सामाग्री लिएर धुर्मुस बारा पुग्नु भएको हो ।
त्रिपाल, कम्बल, खाद्यान्न लगायतका सामाग्री आफूहरूले लगेको धुर्मुसले बताउनु भएको छ ।

उहाँले हावाहुरीको घटनाले आफूलाई बेचैन बनाएको बताउँदै सहयोग गर्न सबैलाई आग्रह समेत गर्नु भएको छ । आइतबार साँझ आएको हावाहुरीले बारा र पर्सामा २७ जनाले मृत्यु भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com