अष्ट्रेलियन इमिग्रेसन डिपार्टमेन्टमा कसैले फोन गरेर झुटो डकुमेन्ट पेश भएको बताइदिएपछि …


प्रकाशित मिति : चैत्र १८, २०७५ सोमबार

एक भारतीयले आफू रिजनल क्षेत्रमा दुई वर्ष बसेको भन्दै पीआरको लागि एप्लाई गरेका थिए । तर त्यो कुरा झुटो भएको भन्दै एक व्यक्तिले इमिग्रेसनमा सुचना दिएपछि उनको पीआर सपना टुटेको छ ।

नाम नुखालिएका भारतका सिंह थरका व्यक्ति सन् २००७ मा विद्यार्थी भिसामा अष्ट्रेलिया आएका थिए र सन् २०१२ मा ४८७ भिसा पाएका थिए, जसले पीआरको लागि बाटो खुल्ला गरिदियो । त्यसपछि ती भारतीयले पीआरको लागि निवेदन र आफू रिजनल क्षेत्रमा बसेको प्रमाण स्वरुप गाडी भाडा, बिजुलीको बिल, ट्याक्स रेकर्ड आदि सबै बुझाएका थिए । उनले २०१३ देखि २०१५ सम्म आफू रिजनल क्षेत्रमा बसेको उल्लेख गरेका थिए ।

अर्का एक व्यक्तिले इमिग्रेसनमा सिंहले झुटो विवरण पेश गरेको र उनी रिजनल क्षेत्रमा नबसेको जानकारी दिएपछि पीआर एप्लिकेसन रद्द भएको छ । अनुसन्धानमा सिंहले रिजनल क्षेत्रमा बस्ने ठाउँ भाडामा लिएर आफू भने मेलबर्नमा बसेका थिए । सिंहका एक साथीले पनि यसैगरि पीआरको लागि एप्लाई गरेका थिए । तर उनको झुट थाहा भएपछि उनलाई डिपोर्ट गरिएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com