मुलुक टुक्राउन खोज्ने शक्तिलाई हामीले पराजित गरेका छौँ : प्रधानमन्त्री ओली


प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न वहानामा आन्तरिक द्धन्द्ध मच्चाउन खोज्ने शक्ति परास्त भईसकेकाले मुलुक अब सबल र सुदृढ अवस्थामा रहेको बताउनुभएको छ । आईतबार राजधानीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनु भएको हो ।

प्रधानमन्त्री ओलीले विभिन्न नाममा द्धन्द्ध मच्चाउने र आन्तरिक लडाई गराई मुलुक टुक्राउन खोज्ने शक्तिलाई पराजित गराईएको बताउनु भएको छ । ती शक्ति पराजित भएपछि अब मुलुक पृथकतावाद नभएको टुक्राउन पर्छ भन्ने माग नभएको सबल र सुदृढ अवस्थामा पुगेको दाबी उहाँले गर्नुभयो ।

उहाँले भन्नुभयो “जात, भुगोल भाषा अनेक नाममा लडाउन खोज्ने प्रयासलाई हामीले पराजित गरेका छौ । ” उहाँले संविधान कार्यान्वयका लागि आवश्यक कानुन र संरचना निर्माण गरि कार्यान्यनको आधार तयार भईसकेकाले अब सम्पुर्ण शक्ति सम्मुन्नत विकास र सम्मृद्धिमा केन्द्रीत गरिने बताउनुभयो ।

राष्ट्रनिर्माणको महाअभियानमा सबैको योगदान सकारात्मक हुनु जरुरी रहेको भन्दै उहाँले अनुचित विरोधले भ्रम र अन्यौल श्रृजना गर्ने तर्फ होसियार हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुर्वाधार लगायतको सम्पुर्ण विकास गरि मुलुकलाई सामाजिक न्याय सहितको सुरक्षायुक्त सभ्य नेपाल बनाउने अभियानमा सरकार अघि बढेको उहाँले स्पष्ट पार्नुभयो । उहाँले यस अभियानमा संचारमाध्यमको अत्यन्तै सकारात्मक र महत्वपुर्ण योगदान हुनुपर्ने आवश्यकता औल्याउनुभयो ।

संचारमाध्यम र खासगरी सामाजिक सञ्जालमा रहने वर्गलाई आफ्ने सभ्यताको गौरवलाई नभुल्न र मर्यादित बन्न पनि उहाँले सचेत गराउनुभयो । उहाँले लोकतन्त्र प्राप्ती र रक्षामा संञ्चारमाध्यमको असाधारण भुमिका, सजगता र क्रियाशिल रहेको बताउनु भयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com