फेरि जजहरुलाई प्रितमले चकित पारे (भिडियो हेर्नुस)


प्रकाशित मिति : चैत्र १७, २०७५ आईतबार

पछिल्लो समय भारतीय रियालिटी शोहरुमा नेपालीहरुको बाहुल्यता र पहुँच निकै बढिरहेको छ । यसैबीच भारतीय च्यानल जिटिभीबाट प्रसारण भईरहेको चर्चित सिंगिङ रियालिटी शो सारेगमप लिटिल च्याम्समा नेपालका २ बालकहरुले चर्चा कमाईरहेका छन् । उक्त शोमा आज इटहरीका बालक प्रितम आचार्य र सिन्धुपाल्चोकका आयुष केसीले धमाकेदार प्रस्तुतीहरु दिईरहेका छन् । यसैबीच आज प्रसारण भएको कार्यक्रममा प्रितम आचार्यले उत्कृष्ट प्रर्दशन गरेका छन् । “१०० डेज” मा समाबेश “सुन बेलिया सुन मेहरबानी ” बोलको गीत गाएका थिए । उनले यसै प्रस्तुतीमा ९६.७ प्रतिशत नम्बर ल्याए ।

पछिल्लो समय लगातार १०० प्रतिशत नम्बर ल्याई चार्ट बस्टर पफर्मेन्स दिँदै आएका उनलाई आज जजहरुले केही सल्लाह पनि दिए । तथापी जज सान , ऋचा शर्मा र अमाल मलिकले खुलेर प्रशंसा गरे । आज अथितीकोरुपमा आएका नायक ज्याकी श्रृफ प्रितमको प्रस्तुतीमा झुमे । उनले प्रितमलाई पुन: यसअघि गाएका गीत “सन्देशा आते है” गाउँन लगाएका थिए । जुन गीत प्रितमले गाउँदा ज्याकी रोएका थिए । प्रितमले सो गीत अघिल्ला एपिसोडमा गाउँदा उनी भारतभरी चर्चामा आएका थिए ।

जसको प्रशंसा बलिउडका चर्चित नायकहरुले समेत सामाजिक सञ्जालमार्फत गरेका थिए । पुलवामामा आक्रमणपछि भारतीयहरुमा देशभक्तीको भावना थप जागृत भईरहेको बेला उनले गाएको सो गीतले भारतीयहरुको समेत मन जित्दै नेपालका ११ बर्षका यी बालकले नेपाल र नेपालीहरुको प्रतिनिधित्व गरिरहेका छन् । उनले बिदेशी भुमिमा देशकै नाम चम्काईरहदा हरेक नेपालीहरुले उनीप्रति गर्व महसुस गरिरहेका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com