पूर्वधानमन्त्री चन्दको गाडीले स्कुटरलाई ठक्कर दिएर हिँडेपछि….


प्रकाशित मिति : चैत्र १६, २०७५ शनिबार

पूर्व प्रधानमन्त्री तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता लोकन्द्रबहादुर चन्दको सुरक्षामा खटिएको गाडीले स्कुटरलाई ठक्कर दिएको छ । शनिबार बिहान बानेश्वरमा चन्दको सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको पिछुवा गाडीले स्कुटरलाई ठक्कर दिएको हो ।

जिकज्याकसँग इमजेन्सी साईरन बजाएर हुइँकिएको सशस्त्रको बा १ झ ९५२७ नम्बरको गाडीले दुई जना सवार स्कुटरलाई ठक्कर दिएको थियो । सशस्त्रको भ्यानको पछाडिको भागले स्कुटलाई छोएको थियो । स्कुटरलाई ठक्कर दिएको भिडियो सामाजिक सञ्जालमा आएपछि व्यापक आलोचना भएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com